नक्कली भुटानी शरणार्थी प्रकरण
शमशेर मियाँसमेत ४ जनालाई सम्पत्ति शुद्धीकरण र अख्तियारमा उपस्थित गराइँदै
आइतबार, १७ मङ्सिर २०८०, १८ : ३०

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा उच्च अदालतको आदेश अनुसार धरौटी बुझाएका ३ जना आइतबार थुनामुक्त हुन पाएनन् । उच्चको आदेश अनुसार धरौटी बुझाएका शमशेर मियाँ, नरेन्द्र केसी र हरिभक्त महर्जन आइतबार थुनामै रहेका हुन् । साधारण तारेखमा रिहा गर्न आदेश भएका आशिष बुढाथोकी पनि थुनामै छन् ।
धरौटी तिरेका ३ जना र आशिष बुढाथोकीलाई अख्तियार र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा बुझाउनुपर्ने भएको हुनाले थुनामै राखिएको केन्द्रीय कारागारका जेलर ललित बस्नेतले रातोपाटीलाई बताए । आइतबार उनीहरूलाई तारेखका लागी कारागार प्रशासनले जिल्ला अदालतमा उपस्थित गराएको थियो ।
कार्यालय समय सकिएको हुनाले उनीहरूलाई सम्पत्ति शुद्धीकरण र अख्तियारमा उपस्थित गराएन नसकिएको जेलर बस्नेतले जानकारी दिए । उनले भने–‘अर्को दिन सम्पत्ति शुद्धीकरण र अख्तियारमा पठाउँछौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कति पुग्यो अमेरिकी डलर, युरो, पाउण्ड र अष्ट्रेलियन डलरको मूल्य ?
-
नागरिक उन्मुक्ति र जनमत पार्टीबीचको एकता अन्तिम चरणमा
-
आज चैती छठ पर्वको व्रत र सझियाघाट
-
नयाँ वर्षको अवसरमा चारतारेमा चौँरी महोत्सव
-
रोयल च्यालेन्जर्स बैंग्लुरुविरुद्ध गुजरातको शानदार जित, बट्लरको विष्फोटक ब्याटिङ्
-
‘मिर्गी’ रोग पीडित बालिकाको उपचारका लागि ६८ लाखभन्दा बढी जुट्यो