नेपाल एयरलाइन्स डुबाउने खेल भइरहेको भन्दै कर्मचारी आन्दोलित, कार्यकारी अधिकृतलाई प्रवेश निषेध
आइतबार, १७ मङ्सिर २०८०, १७ : ०१

काठमाडौँ । नेपाल एयरलाइन्सका कर्मचारीले आजदेखि संस्था डुबाउने खेल भइरहेको भन्दै आन्दोलन थालेका छन् । वायुसेवा निगमका कर्मचारीले नेतृत्वले संस्था डुबाउन खोजेको भन्दै आन्दोलनमा उत्रिएका हुन् ।
आन्दोलनमा उत्रिएका कर्मचारीले संस्थालाई डुबाउने योजना बनाएको भन्दै प्रमुख कार्यकारी अधिकृत युवराज अधिकारीलाई प्रवेश निषेध नै गरेको छ । आन्दोलनरत कर्मचारीले नेपाल वायुसेवा निगम नेपाली जनताको साझा सम्पत्ति भएकाले यसलाई डुब्नबाट रोक्नुपर्ने समेत बताएका छन् ।
आन्दोलरत कर्मचारीले प्रमुख कार्यकारी अधिकृतलाई हालसम्म कार्यालय प्रवेश गर्न दिएका छैनन् । यसबारे बुझ्न गरिएको सम्पर्कमार्फत नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेलसँग कुराकानी हुन सकेन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अतीतमा गाँसिदै बनेका आठ महिला कलाकारका कला
-
साविक विजेता मच्छिन्द्र बागमती गोल्डकपको फाइनलमा
-
नयाँ शक्तिद्वारा ३ महिने सांगठनिक अभियान प्रस्ताव
-
माधव नेपाललाई झलनाथको प्रश्न : समाजवादका नाउँमा जनतालाई किन ठग्ने ?
-
‘रोल मोडेल’ बन्न जनप्रतिनिधिलाई प्रचण्डको सुझाव, विज्ञले के भने ?
-
रेड पाण्डाबारे लेखिएको 'नेपालमा हाब्रे' पुस्तक विमोचन