आईपीएलको ‘अक्सन’ दुबईमा हुने
आइतबार, १७ मङ्सिर २०८०, १६ : ४२

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को ‘अक्सन’ (लिलामी) दुबईमा हुने भएको छ । आइतबार अक्सन हुने स्थानबारे आईपीएलले ‘एक्स’ मार्फत जानकारी दिएको हो । दुबईको एउटा भवनको तस्बिरसहित आईपीएलले ‘एक्स’मा लेखेको छ, ‘तपाईंहरु तयार हुनुहुन्छ ?’
अक्सन आगामी पुस ३ गते हुने जनाइएको छ । मङ्सिर १० गते आईपीएलका सबै टिमले रिलिज र रिटेन गरेका खेलाडीको सूची सार्वजनिक गरेका थिए । आईपीएलमा १० फ्रेन्चाइजीले कुल ७७ खेलाडी लिन बाँकी छ ।
शुक्रबार आईपीएलले सबै फ्रेन्चाइजीलाई एक हजार १६६ खेलाडीको सूची बुझाएको छ, जो आईपीएलमा लिलामीका लागि आफ्नो नाम दर्ता गराएका छन् । तीमध्ये एसोसिएट देशका ४५ खेलाडी छन् । यस्तै अन्क्याप्ड (आफ्नो मुलुकको राष्ट्रिय टिममा नखेलेका) ९०९, भारतकै राष्ट्रिय टिममा खेलिसकेका १८ खेलाडी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई विधेयक पारित गरेर प्रतिनिधिसभा बैठक शुक्रबारसम्म स्थगित
-
१५ अङ्कले घट्याे नेप्से परिसूचक, सात अर्ब ५७ करोडको कारोबार
-
३० हजार घुस लिएको आरोपमा सई खड्काविरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
सेती प्रादेशिक अस्पतालको तेस्रो तलाबाट हाम फालेका सिंहको उपचारका क्रममा मृत्यु
-
साना तथा मझौला उद्योगको आईपीओमा किन परेन आवेदन ?
-
वर्तमान शासन व्यवस्थाको विकल्प छैन : प्रचण्ड