सिकार खेल्न जाँदा भरुवा बन्दुकको छर्रा लागेर एक जनाको मृत्यु

दोलखा । दोलखाको तामाकोशी गाउँपालिका-२ झुलेस्थित डाँडावारी जम्बोटे जंगलमा सिकार खेल्न गएका सोही ठाउँ बस्ने २० वर्षीय सञ्जीव सार्कीको भरुवा बन्दुकको छर्रा लागेर मृत्यु भएको छ ।
सञ्जीव समेतका सात जना शनिबार राति उक्त जंगल गएको, सञ्जीवले बोकेको भरुवा बन्दुकको काठको बट भाँचिई फायर हुँदा छर्राले लागेर सञ्जीव घाइते भएको र तामाकोशी अस्पताल दोलखामा सामान्य उपचार पश्चात् थप उपचारको लागि पशुपति चौलागाईं स्मृति अस्पताल चरिकोटमा आइतबार बिहान उनको मृत्यु भएको थियो । यो खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले सिकार खेल्न गएका अन्य ६ जनालाई नियन्त्रणमा लिई घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
यता कैलालीको चुरे गाउँपालिका-३ सल्लेरीबाट १ थान भरुवा बन्दुकसहित सोही ठाउँ ससुराली बस्दै आएका बझाङ केदारसिउ गाउँपालिका-६ घर भएका ३७ वर्षीय वीरबहादुर धामीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । धामीले भरुवा बन्दुक लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय फल्टुडेबा खटिएको प्रहरीले तलासी गर्ने क्रममा उक्त बन्दुकसहित फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘देश नै हराएपछि बनाउन गाह्रो हुँदो रहेछ’
-
८४ मा ६४ को जस्तै परिणाम ल्याउने गरी माओवादी अघि बढिसक्यो : पम्फा भुषाल
-
न्युरोडबाट हुण्डीको ९ लाख रकमसहित युवती पक्राउ
-
ड्रोन दर्ता शुल्कमा अत्यधिक वृद्धि गरिएकोमा विमान संघको ध्यानाकर्षण
-
ओम शर्माले प्रवासी नेपालीलाई भने, ‘कसैको कुल्ली नबन्नुस्, जनताको अवस्था फेर्ने अभियानमा लाग्नुस्’
-
विद्यालय शिक्षा विधेयक : स्वार्थ समूहको दबाबमा अलपत्र