२ दिनमै १ सय करोड माथि पुग्यो एनिमलको कमाई

नयाँ दिल्ली । रणवीर कपुरको फिल्म एनिमल रिलिज हुनु अघि नै यसप्रति दर्शकहरूको क्रेज धेरै थियो । एड्भान्स बुकिङले पनि फिल्मको ओपनिङ भव्य हुने देखिएको थियो ।
तर शुक्रबार बक्स अफिसमा फिल्म यो वर्षको दोस्रो ठुलो ओपनिङ भएको फिल्म बन्न सक्छ भनेर चाहिँ कमैले सोचेका थिए । पहिलो दिनमै ६३ करोड भारुको कलेक्सन गरेर फिल्मले त्यो रेकर्ड पनि बनायो ।
फिल्म रणवीरको करियरको सबैभन्दा ठुलो ओपनिङ बनेर आयो । फिल्मले रणवीरलाई सुपरस्टारको ट्याग त लगाइदिएको छ नै यो उनको करियरको सबैभन्दा ठुलो फिल्म बन्ने बाटोमा पनि छ ।
फिल्मले क्रिटिक्सहरुबाट मिश्रित प्रतिक्रिया पाइरहेको भए पनि दर्शकहरूबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । शुक्रबारदेखि एड्भान्स बूकिङ कम भए पनि शनिबार फिल्मले शानदार कमाइ गरेको देखिन्छ ।
स्याकनिल्कको रिपोर्ट अनुसार दोस्रो दिन अर्थात् शनिबार फिल्मले ६६ करोड भारु कलेक्सन गरेको छ । शुक्रबार र शनिबार गरेर फिल्मले १ अर्ब भारु भन्दा धेरै कमाएको छ । दुई दिनमा फिल्मको कमाई १ अर्ब ३० करोड भारु छ ।
यो फिल्मको धमाकेदार सफलतासँगै रणवीर एलिट लिस्टका हिस्सा बनेका छन् । शाहरुख खानको पठान र जवान, सलमान खानको टाइगर ३, यशको केजीएफ २ मात्रै अहिलेसम्म २ दिनमा १ अर्ब भारु कलेक्सन गर्ने फिल्म हुन् । रणवीरको एनिमले २ दिनमा १ अर्ब रुपैयाँ कमाउने पाँचौँ भारतीय फिल्म बनेको छ । फिल्मप्रति दर्शकको क्रेज हेर्दा आइतार पनि यसले लोभलाग्दो कमाई गर्ने अनुमान लगाउन सकिन्छ । आगामी दिनमा एनिमलले के कस्तो रेकर्ड बनाउँछ अनि तोड्छ यो चाहिँ हेर्न बाँकी नै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकमा हिँडिरहेको मान्छेलाई मुक्का हानेपछि बेलायती सांसद जेलमा
-
३ करोड लगानीमा बालुवाटारमा खुल्यो मेलुङ थकाली
-
जनार्दन र वर्षमानलाई प्रचण्डको अँगालो, किन रिसाए नारायणकाजी ?
-
भ्लादिमिर पुटिन र सी जिनपिङबिच फोनवार्ता
-
माओवादी जनप्रतिनिधिको टिप्पणी : स्थानीय सरकार संघीय सरकारको कारिन्दाजस्तो
-
प्रमुख प्रशासकीय अधिकृत खालि रहेका ठाउँमा एक हप्ताभित्रै पदपूर्ति गरिने