साम बहादुर फिल्ममा विक्की कौशलको अभिनयलाई लिएर दर्शक के भनिरहेका छन् ?

मुम्बई । सामबहादुर फिल्ममा विक्की कौशलको अभिनय देखेपछि सोसल मिडिया प्लेटफर्म एक्समा दर्शकहरूले उनलाई राष्ट्रिय पुरस्कार दिन माग गरिरहेका छन् । #VickyKForNationalAwards एक्समा ट्रेन्डिङमा छ।
मेघना गुलजारद्वारा निर्देशित यो फिल्ड मार्सल साम मानेकशाको जीवनमा आधारित छ। डिसेम्बर १ मा रिलिज भएको फिल्ममा विक्की कौशल बाहेक फातिमा सना शेख, सान्या मल्होत्रा, गोविन्द नामदेव र मोहम्मद जिशान अयुबको मुख्य भूमिका छ ।
उनको प्रशंसा गर्दै गुलमोहर कौरले विक्की कौशलले फिल्म सामबहादुरमा आफ्नो करियरको उत्कृष्ट अभिनय गरेको लेखेकी छन् । आराधना सिंहले लेखेकी छिन्, ‘सामबहादुरको विरासत जीवित छ र विक्की कौशलले हामी सबैले प्रशंसा गर्ने मानिसलाई न्याय गरेका छन्। एक ठोस प्रदर्शन जुन राष्ट्रिय मान्यताको योग्य छ।’
साक्षी नन्दवानीले लेखेकी छिन्, ‘मेघना गुलजारले फिल्ममा सामबहादुरको भूमिकाका लागि विक्की कौशललाई लिएकी थिइनन्, बरु उनले आफैँ सामबहादुरलाई लिएकी थिइन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठेक्का अवधि सकियो तर सडक कालोपत्र भएन
-
सरकारी घोषणाको ७ वर्षपछि प्रदेशमै निःशुल्क डायलासिस सेवा, विरामीलाई बल्ल राहत
-
झापा गोल्डकप : भुटानको डागा युनाइटेड सेमिफाइनलमा
-
एकै पल्ट २३ सय ८५ जना प्रहरी सहायक हवल्दारको सरुवा
-
रातोपाटी ब्रिफिङ : राजसंस्थाको नारा बोकेर राप्रपा सडकमादेखि नो केबलकार समूह’लाई सरकारले बोलायो वार्तामासम्म
-
मधेसमा प्रचण्ड : उत्साह कि बाध्यता ?