लागूऔषधसहित वीरगन्जमा २ जना पक्राउ
शनिबार, १६ मङ्सिर २०८०, १६ : ५५

पर्सा । लागूऔषधसहित वीरगन्जमा २ जना पक्राउ परेका छन् । वीरगन्ज महानगरपालिका-१६ रजत जयन्ती चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ९ सय ४० मिलिग्रामसहित मकवानपुर हेटौँडा उपमहानगरपालिका-१ चौकी टोल बस्ने २४ वर्षीय समिप श्रेष्ठ समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी इनरूवा र लागूऔषध नियन्त्रण ब्युरो कार्यालय पर्साबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको ना.३० प ७७४६ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी अभियान : गैँडाकोटमा प्रचण्डको मर्निङ वाक, लखन थापाको सालिकमा माल्यार्पण
-
वैशाख १५ सम्म नारायणघाट–बुटवल सडकखण्ड रातको समयमा बन्द
-
नयाँ वर्षको अवसरमा ७ चलचित्र निर्माणको घोषणा, तीनको प्रदर्शन मिति तय
-
१२ वर्षमा जम्मा ३० किसिमका बिरुवाको बीमालेख
-
सिरुवा पर्वले सत्मार्गमा अघि बढ्न प्रेरणा दिन्छ : मुख्यमन्त्री कार्की
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य