पोखराका मेयर आचार्यलाई सेनाको सम्मान

पोखरा । पोखरा महानगरका मेयर धनराज आचार्यलाई नेपाली सेनाले सम्मान गरेको छ । उनलाई प्रधान सेनापति प्रशंसा निसानबाट सम्मान गरेको हो ।
पोखरामा आयोजित कार्यक्रममा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले नगरप्रमुख आचार्यलाई प्रशंसा निसानले सम्मान गरे । नेपाली सेनाले सञ्चालन गरिरहेको सफा हिमाल अभियान अन्तरगत जैविक विविधता तथा पर्यावरण संरक्षणमा सहयोग गरेको भन्दै आचार्यलाई सम्मान गरिएको सेनाले जनाएको छ ।
जलवायु परिवर्तनको असरका कारण हिमालय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूको जनजीवन प्रभावित भएको, हिउँ पग्लिएर हिमालहरू काला पत्थरमा परिणत हुँदै गएको र समग्र पारिस्थितिक प्रणालीमा प्रत्यक्ष असर परेको प्रति सचेत रहँदै नेपाली सेनाले लामो समयदेखि हिमाल सफाइ अभियान सञ्चालन गरिरहेको छ ।
हिमाल आरोहणका क्रममा जाने आरोहीहरूले गरेको प्रदूषणका कारण हिमालय क्षेत्रमा कयौँ टन फोहोर थुप्रिएकाले त्यसको सफाइका लागि बर्सेनि नेपाली सेनाले टोली खटाउँछ । केही समयअघि अन्नपूर्ण सफाइका लागि मेयर आचार्यले सहयोग गरेका थिए ।पोखराको पहिचानसँग जोडिएका हिमालको सफाइ अभियानमा साथ दिएको उनले बताए । टु सेभ द हिमालयज भन्ने नाराका साथ सञ्चालित अभियानका क्रममा सगरमाथा, ल्होत्से, बरुञ्चे र अन्नपूर्ण हिमालबाट करिब ३५ टन फोहोर सङ्कलन गरिएको गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुटिनसँग रिसाएको ट्रम्पको भनाइमा के भन्छन् जेलेन्स्की ?
-
दुवै सदनबाट पारित भए अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएका पाँच विधेयक
-
साउदी अरब जाँदैछन् ट्रम्प, के छ एजेन्डा ?
-
सरकारी लगानी डुबेकाले व्यवस्थापनका लागि विधेयकमा व्यवस्था गरिएको हो : अर्थमन्त्री
-
रवि लामिछाने पार्टी कार्यालय पुग्दा जे देखियो, तस्बिरहरू
-
रास्वपा बैठक सुरु, राजनीतिमा रविको ‘कमब्याक’