नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशन जेठमा
काठमाडौँ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघले महाधिवेशन कार्यतालिका पारित गरेको छ । अध्यक्ष ओमबहादुर घर्तीमगरको अध्यक्षतामा केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको पाँचौ पूर्ण बैठकले प्रथम राष्ट्रिय महाधिवेशन २०८१ जेठ २६, २७ र २८ गते काठमाडौँमा सम्पन्न गर्ने गरी महाधिवेशन कार्यतालिका पारित गरेको हो ।
महाधिवसेशनको मूल नाराका ‘संगठित, प्रशिक्षित र समुन्नत समाज निर्माण हाम्रो अभियान, संघीय लोकतान्त्रिक गणतन्त्र र धर्म निरपेक्षताको रक्षार्थ प्रथम राष्ट्रिय महाधिवेशन" भन्ने तय गरिएको छ । महाधिवेशन भव्यताका साथ सम्पन्न गर्न केन्द्रीय अध्यक्ष घर्तीमगरको संयोजकत्वमा केन्द्रीय कार्यसमिति सदस्यहरू, आबद्ध जातीय संघका केन्द्रीय अध्यक्षहरू उपत्यकाका जिल्ला अध्यक्षहरू रहेको १०१ सदस्यीय मूल व्यवस्थापन समिति गठन गर्ने साथै आवश्यक उपसमितिहरू केन्द्रीय अध्यक्षले आवश्यक सल्लाह गरी गठन गरिनेछ ।
बैठकले नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको ऎतिहासिक प्रथम राष्ट्रिय महाधिवेशनको सम्पन्न गर्न कार्यतालिका बमोजिम अधिवेशनहरू सम्पन्न गर्न ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय पनि गरेको छ ।
महाधिवेशन कार्यतालिका अनुसार ७७ वटै जिल्लामा कार्यसमितिको अधिवेशन तयारी बैठक केन्द्रीय प्रतिनिधिको उपस्थितिमा २०८० मङ्सिर ३० गते बस्नेछ । त्यस्तै वडा अधिवेशन २०८० पुस २१ गते, पालिका अधिवेशन २०८० माघ ६ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन २०८० माघ २१ गते, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन २०८० फागुन ५ गते, जिल्ला अधिवेशन २०८० फागुन १९ गते, प्रदेश अधिवेशन २०८० चैत्र १७ र १८ गते गरिनेछ
नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको संगठनलाई विस्तार र प्रशिक्षित गर्न केन्द्रीय सदस्य जगत बराम (गोरखा) लाई महासंघको विधान बमोजिम संगठन तथा प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी प्रदान गर्ने निर्णय गरिएको छ ।
त्यस्तै नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघका केन्द्रीय सदस्य अधिवक्ता राम्जी कोङरेन संयोजक, जगत बराम र दिनेश थापामगर सदस्य रहेको नियमावली मस्यौदा समितिले प्रस्तुत गरेको महासंघको नियमावली २०८० संशोधन सहित पारित गरिएको छ ।
यता नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ विधान बमोजिम सन्तबहादुर चेपाङ (मकवानपुर) को अध्यक्षतामा नेपाल लोकतन्त्रवादी चेपाङ संघ, इन्द्रजित छन्त्याल (म्याग्दी) को अध्यक्षतामा नेपाल लोकतन्त्रवादी छन्त्याल संघ र नरजंग दुरा (लमजुङ) को अध्यक्षतामा नेपाल लोकतन्त्रवादी दुरा संघ गठन गर्ने निर्णय बैठकले गरेको छ । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघलाई अनुशासित संगठन बनाउन महांसघको विधान बमोजिम केन्द्रीय सदस्य अधिवक्ता राम्जी कोङरेन (धनकुटा) संयोजक, पासाङ शेर्पा (ताप्लेजुङ) र दुर्गा सुनुवार (सिन्धुली) सदस्य रहने गरी केन्द्रीय अनुशासन समिति गठन गर्ने निर्णय पनि गरिएको अध्यक्ष घर्तीमगरले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेलाई भोलि काठमाडौँ ल्याउने तयारी
-
परराष्ट्रमन्त्रीको राणाको चीन भ्रमण स्वीकृत
-
कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
-
सूर्य नेपाल सेन्ट्रल ओपन : तोरण विक्रम शाही शीर्षस्थानमा
-
धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त
-
हरेक महिना गराउनुहोस् यी दुई जाँच, बच्न सक्नु हुनेछ गम्भीर रोगबाट