इमरान खानको पार्टीको नयाँ अध्यक्ष बने ब्यारिस्टर खान
शनिबार, १६ मङ्सिर २०८०, १३ : ३६

इस्लामाबाद । पाकिस्तान तहरीक–ए–इन्साफ पार्टीको नयाँ अध्यक्षमा ब्यारिस्टर गौहर अली खान निर्विरोध निर्वाचित भएका छन् । उनलाई जेलमा रहेका पाकिस्तानका पूर्व प्रधानमन्त्री तथा पार्टीका पूर्व अध्यक्ष इमरान खानले मनोनयन गरेका थिए । हाल इमरान खान रावलपिंडीको अदियाला जेलमा छन् ।
अध्यक्षमा निर्वाचित भएपछि गौहर अली खानले भने, ‘म पदमा रहेसम्म इमरान खानको प्रतिनिधित्व गर्नेछु ।’ उनले इमरान खान आजीवन पीटीआईको अध्यक्ष थिए, छन् र रहने बताएका छन् ।
गौहरले अध्यक्ष पद आफूसँग नासोको रूपमा रहेको र इमरान खान जेलबाट बाहिर आउनेबित्तिकै आफूले हस्तान्तरण गर्ने बताए । इमरान खान लामो समयदेखि जेलमा रहेकाले यसअघि निर्वाचन आयोगले पार्टीलाई अध्यक्ष पदका लागि निर्वाचन गराउन २० दिनको समय दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिकेटरहरूले ओठ र अनुहारमा किन सेतो रङ लगाउँछन् ?
-
कपिलवस्तुबाट करिब १५ केजी चरेससहित ३ जना पक्राउ
-
निजी सम्पत्ति सार्वजनिक गर्न र सुविधा त्याग्न शीर्ष नेताहरूमाथि अर्को दबाब
-
लुम्बिनी प्रादेशिक अस्पताल एसएमएस मूल्याङ्कनमा उत्कृष्ट
-
के हो चीनमा भेटिएको कोभिडजस्तै नयाँ भाइरस एचकेयू ५–कोभ २ ?
-
बहुआयामिक महत्वको मधानी महोत्सव सुरु