जुनसुकै विकल्प रोजेर भए पनि निर्माण व्यवसायीहरूको रकम भुक्तानी गर्छौँ : मन्त्री ज्वाला
शनिबार, १६ मङ्सिर २०८०, १२ : २९

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले जुनसुकै विकल्प रोजेर भए पनि निर्माण व्यवसायीहरूको भुक्तानी गर्ने बताएका छन् । आज काठमाडौँमा आयोजित नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को १४ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले गत आर्थिक वर्षको बाँकी रहेको व्यवसायीहरूको भुक्तानी दिए मात्रै अर्थतन्त्र चलायमान हुने बताए ।
अहिले पनि अर्थतन्त्र सङ्कटमा रहेको बताउँदै उनले आफू बच्नका लागि अर्थतन्त्र राम्रो छ भने पनि अर्थतन्त्र सङ्कटमा रहेको तर भयावह अवस्थामा भने नरहेको दाबी गरे । उनले अर्थतन्त्र धेरै नै दबाबमा छ भनेर निराशा फैल्याउन नहुनेमा जोड दिए ।
मन्त्री ज्वालाले लगानी आकर्षित गर्नका लागि लगानी सम्मेलन फलदायी बनाउनुपर्ने आवश्यकता रहेको र लगानी सम्मेलनअघि उद्योगी व्यवसायीसँग छलफल गरेर सुझाव लिने सरकारको योजना रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधनका लागि जनताको राय सर्वोपरि हुन्छ : सांसद मिश्र
-
भूकम्पीय जोखिमबाट बच्न चेतना फैलाउन आवश्यक छ : राष्ट्रपति पौडेल
-
बेनी–दरवाङ सडक : आठ वर्षमा १७ किलोमिटर कालोपत्रे
-
फ्राईडे रिलिज : ‘खेल’ भर्सेज ‘भूठान’
-
सर्वोच्चको आदेश शिक्षक नेताहरूको हठका विरुद्धमा हो : महासचिव पोखरेल
-
सुष्मा र विशालको ‘मकैबारी दर्याम दर्याम’ युट्युबको ट्रेन्डिङमा