कीर्तिपुरमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर
![कीर्तिपुरमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर](https://npcdn.ratopati.com/media/news/66_43xaDV4S6z.jpg)
काठमाडौँ । कीर्तिपुरमा काठमाडौँ मेडिकल कलेजले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । शुक्रबार सक्रिय युवा समूह र ग्रीनभ्याली सकेण्डरी स्कुलसँगको सहकार्यमा केएमसीले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो ।
उक्त शिविरमा सो क्षेत्रका ५६४ सर्वसाधारणको स्वास्थ्य परीक्षण गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । दाहालका अनुसार शिविरमा ७५ जनाको इसिजी, १०३ जनाको ल्याब परीक्षण तथा ९७ जनाको भिडियो एक्सरे गरिएको छ । त्यस्तै शिविरमा आएका मध्ये ९ जनाको दाँत खोलिएको र ४३ जनालाई ओटी रेफर गरिएको छ ।
केएमसीले सामाजिक उत्तरदायित्व अन्तरगत गाउँगाउँ पुगेर निःशुल्क स्वास्थ्य शिविर चलाइरहेको छ । शिविरमा अस्पतालका विशेषज्ञ चिकित्सकहरूसहित स्वास्थ्यकर्मीको टोलीले नाक कान घाँटी, आँखा रोग, दन्त रोग, नसा तथा हाडजोर्नी, जनरल मेडिसिन, स्त्री तथा प्रसूति रोग तथा बाल रोग सम्बन्धी स्वास्थ्य जाँच हुने गरेको छ ।
हाल प्रतिनिधि सभाका सांसद केएमसीका तत्कालिन कार्यकारी अध्यक्ष डा सुनिलकुमार शर्माले गाउँगाउँमा स्वास्थ्य सेवा पुर्याउने लक्ष्य लिएर निःशुल्क स्वास्थ्य शिविरको थालनी गरेका थिए । डा शर्माको योजना अनुरूप उक्त अभियानलाई अनवरत रूपमा अगाडी बढाइरहने केएमसीकी कार्यकारी अध्यक्ष सोइना शर्माले बताएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : विद्यालाई बाटो खुला, बलात्कार आरोपीलाई उन्मुक्ति
-
ढल्कुबाट लागुऔषध एम्फेटामाइन आइससहित दुईजना पक्राउ
-
सामाजिक सञ्जालसम्बन्धी विधेयक जसरी पनि संसदबाट पास गर्छौं : सञ्चारमन्त्री
-
एआईजी थापा इनसीबी कन्फरेन्समा सहभागी
-
मच्छेगाउँमा इनारमा खसेर एकजना घाइते
-
पश्चिम नवलपरासीमा वर्षौँदेखि खानेपानीका ५० वटा योजना अधुरै