जनार्दन शर्मा बिहान ६ बजे देखिनै अस्थायी आवास निर्माणमा सक्रिय
शनिबार, १६ मङ्सिर २०८०, ०९ : २२

रुकुम पश्चिम । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११, अरबारे स्यानोबारी टोलमा शनिबार बिहानैदेखि अस्थायी आवास निर्माणमा सक्रिय भएका छन् ।
कार्तिक १७ गतेको भूकम्पले यहाँका धेरैजसो घरमा क्षति पुर्याएको थियो । शर्माको कमान्डमा एउटा समूहले बिहानैदेखि आवास निर्माण सुरु गरेको हो ।
उक्त स्थानमा एकै साथ तीन वटा अस्थायी आवास निर्माण भइरहेका छन् । शर्माको कमान्डमा जिल्लाभर तीन हजार भन्दा बढी स्वयंसेवक खटाइएको छ।
उनीहरुले धमाधम अस्थायी आवास निर्माणको काम गरिरहेका छन्। मङ्सिरभित्र नै अस्थायी आवास निर्माण गरेर त्रिपालमा रहेका नागरिकलाई अस्थायी आवासमा सारिसक्ने लक्ष्यका साथ काम भइरहेको शर्माले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सञ्चो’ कम्पनीमा २८ करोड क्षति : पुनः सञ्चालन सम्भव छ ?
-
हरेक दिन २० पुस-अप गर्नुहोस्, पाउनुहुनेछ ५ परिवर्तन
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
कंगोको राजधानीमा मुसलधारे वर्षाका कारण ३० जनाको मृत्यु
-
छ वर्षपछि उत्तर कोरियामा प्योङयाङ म्याराथन, विदेशीहरूको पनि सहभागिता
-
गर्मीमा हरेक दिन एक टुक्रा काँचो प्याज खानुका ७ फाइदा