अल नासरलाई हराउँदै अल हिलाललाई शीर्ष स्थानमा अग्रता
शनिबार, १६ मङ्सिर २०८०, ०६ : ४०

रियाद । अल हिलालसँग पराजित हुँदै क्रिस्टियानो रोनाल्डोको अल नासरलाई उपाधि होडमा ठुलो धक्का लागेको छ । शुक्रबार भएको खेलमा ३–० को जीत हासिल गर्दै अल हिलालले साउदी प्रो लिगमा ७ अङ्कको अग्रता बनाउन सफल भएको हो ।
निकै रोमाञ्चक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ६४ औँ मिनेटमा सर्गेज मिलिन्कोभिच साभिचले गोल गर्दै अल हिलाललाई अग्रता दिलाए । लगत्तै रोनाल्डोले भलीमार्फत गोल गरेपनि त्यसलाई अफसाइड करार गरिएको थियो ।
खेलको अन्त्यमा अलेक्सान्डर मिट्रोभिचले दुई गोल गर्दै टोलीलाई शानदार जीत दिलाए । हालसम्म अपराजित अल हिलालको १५ खेलबाट ४१ अङ्क रहेको छ भने समान खेलबाट अल नासरको ३४ अङ्क छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कर्मचारीले तलब खान पाएका छैनन्, ओली सरकारलाई पाप लाग्ला’
-
नवलपरासी पश्चिमको बेलासपुरमा दुई समूहबिच झडप, प्रहरी सहित २० जना घाइते
-
बस दुर्घटनामा घाइते भएकाहरूलाई निःशुल्क उपचारको गर्न माग
-
छात्रवृत्तिका लागि कम आवेदन पर्यो, प्रधानमन्त्रीद्वारा आह्वान
-
अहिलेको फेक क्लेमबारे निर्क्योलमा नपुगी सरकारले भुक्तानी दिन सक्दैन : स्वास्थ्यमन्त्री पौडेल
-
तौल घटाउनमा यसले गर्न सक्छ मद्दत