बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

अर्थमन्त्रीको दाबी : अघिल्लो सरकारको परफरमेन्स कमजोर हुँदा पनि केही संरचना आफै जोगिए

शुक्रबार, २३ चैत २०७४, १२ : १६
शुक्रबार, २३ चैत २०७४


काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले विगतका सरकारको परफरमेन्स कमजोर भएकै कारण कतिपय संरचना आफै जोगिएको बताएका छन् । उनले त्यही जोगिएका आधरभुत संरचना प्रयोग गरेर अर्थतन्त्रलाई सुधार गर्न सकिने उल्लेख गरे । उनले भने, ‘विगतमा परफरमेन्स कमजोर भएका कारण केही आधारभुत संरचना आफै जोगिएको छ ।  यसबाट अर्थतन्त्रलाई हामी  सुधार गर्न सक्छौ । अब हामी कार्यशैलीमा नीतिगत डिपार्चर ल्याउँछौ । नीतिगत डिपार्चरमा सबल, स्वाधिन र आत्मनिर्भर अर्थतन्त्रको लागि अन्र्तराष्ट्रिय अवसरलाई उपयोग गरेर मुलुकले आफ्नो क्षमताको काम गर्नेछ ’। 

खतिवडाले सियोदेखि हवाई जहाजसम्म यहि उत्पादन गर नभनेको तर आफ्नो क्षमता अनुसारको उत्पादनमा विकास गर्दै लैजाउ भनेको बताए । यसमा वित्तिय प्रणाली जिम्मेवार भएर आइदियो भने अझ सहज हुनेछ, उनले भने । 

सरकारको भूमिका प्रतिस्पर्धी होइन परिपुरक हो भन्दै उनले भने, सरकार नीजि क्षेत्रसँग प्रतिस्पर्धा गर्न नखोजेको तर सरकार, नीजि क्षेत्र र सहकारीलाई परिपुरक बनाउन खोजिएको हो । यस्तो बेलामा राज्य अहम देखिनु स्वभाविक हो । कतिपय गाइडेन्स सरकारले गर्नुपर्ने भएकाले सरकार कठोर भयो भन्न खोजिन्छ ।    
श्वेतपत्रमा समस्याहरुमात्र देखाइयो भन्ने व्यापक आलोचना भएपछि त्यसको बचाउँ गदै उनले सेजन कार्यसमिति सँगको भेटमा भनेका छन्, हामीलाई श्वेतपत्रमा नराम्रो कुरामात्र देखाइयो भनियो । तर स्वेतपत्रमा यर्थार्थ तस्बिर छ । हामीले समस्यालाई सुधार गर्नका लागि श्ेवतपत्रमा समस्या मात्र राखेका हौ ।  डाक्टरले बिरामीको समस्यामात्र हेरर औषधी दिएजस्तै हामीले पनि सुधार्नुपर्नै समस्यालाई मात्र उठाएर समाधानको बाटो हिडाउन खोजेका हौ ।

वित्तिय क्षेत्र उत्पादन मुलक क्षेत्रमा जिम्मेवार हुनुपर्छ  

वित्तिय क्षेत्रलाई उत्पादनमुलक क्षेत्रमा जिम्मेवार भएर आउन उनले आग्रह गरेका छन् । आफु राष्ट्र बैंकमा हुँदा वित्तिय क्षेत्रलाई उत्पादनशिल क्षेत्रमा जान बाध्य पारिएको सुनाउँदै उनले भने, ‘त्यतिवेला विवाद पनि भएको थियो । वित्तिय प्रणालीलाई बजारकै संयन्त्रमा किन नछोड्ने भनेर  । मेरो अडानका कारण आज उत्पादनशिल क्षेत्रमा १५ प्रतिशत लगानी पुगेको छ । हामीले नीति ल्याउँदा तीन प्रतिशत पनि लगानी थिएन’ । 


   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप