भारतको बेङ्लोरका दर्जनौं विद्यालयमा बम राखेको ‘अफबाह’ फैलिएपछि....

भारतको दक्षिणी शहर बेङ्लोरका दर्जनौँ विद्यालयमा बम राख्ने धम्की आएपछि विद्यालय प्रशासनले विद्यार्थीलाई विद्यालयबाट बाहिर नै प्रहरी बोलाई खानतलासी गरेको स्थानीय अधिकारीहरूले बताएका छन् ।
इमेलबाट प्राप्त धम्कीमा विद्यालय परिसरमा विष्फोटक पदार्थ राखिएको दाबी गरिएको छ ।
प्रहरीले बम डिस्पोजल टाली र तालिमप्राप्त कुकुरलाई विद्यालयमा खटाएको छ ।
यद्यपि, अहिलेसम्म कुनै पनि शङ्कास्पद वस्तु फेला नपरेको र प्रहरीका अनुसार धम्की झुटो भएको देखिन्छ । एक स्थानीय टेलिभिजन च्यानलका अनुसार करिब ६० वटा विद्यालयलाई धम्कीपूर्ण इमेल प्राप्त भएको छ ।
पाँच हजारभन्दा बढी बालबालिकालाई घर फर्कनेलगायतका धम्कीका कारण आपतकालीन कदम चाल्न बाध्य पारिएको समाचारमा जनाइएको छ । धम्की नपाएका विद्यालयले समेत अभिभावकलाई आफ्ना छोराछोरीलाई घर लैजान अनुमति दिएका थिए ।
स्थानीय सरकारले इमेलको स्रोत पुष्टि गरिरहेको र अभिभावकलाई नआत्तिन आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने
-
राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा
-
संविधान कार्यान्वयनलाई सहज बनाउन संशोधन गर्नुपर्छ : कोइराला