जलारी समुदायले विरोध गरेपछि पोखरा महानगरले बन्द गरिदियो बेगनासको मोटरबोट
शुक्रबार, १५ मङ्सिर २०८०, २० : ०५

पोखरा । जलारी समुदायले विरोध जनाएपछि पोखरा महानगरपालिकाले बेगनासतालमा सञ्चालित मोटरबोट बन्द गरिदिएको छ । शुक्रबार पत्र लखेर तत्कालै बोट बन्द गर्न निर्देशन दिएको हो ।
मोटरवोट सञ्चालन गर्दा अन्य डुंगा व्यवसायमा असर पुर्याएको, माछा लगायतका जलचरको प्रजनन तथा विकासमा प्रत्यक्ष असर गरेको गुनासो जलारी समुदायले गरेका थिए । यस्तै, डुङ्गा व्यवसाय गरी जीविकोपार्जन गरिरहेका जलारी जातीको पेसामा प्रभाव पारेको गुनासो गरे ।
उनीहरुले तालमा ध्वनि प्रदूषण भएको तथा बिना अनुमति मोटरबोट सञ्चालन गरेको गुनासो सहित तत्काल बन्द गरिदिन महानगरलाई पत्र बुझाएका थिए । सरोकारवालाले पनि पटक पटक गुनासो गरेकाले मोटरबोट तत्काल बन्द गर्न सञ्चालकलाई निर्देशन दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको बेनी नगरपालिकामा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम
-
आईपीएल : पुछारमै थन्कियो चेन्नई, हैदरावाद उक्लियोआठौं नम्बरमा
-
झापाको मेचीनगर नगरपालिकामा अनुगमन तीब्र, खाद्य उद्योगलाई जरिवाना
-
१२ बजे, १२ समाचार : डाबरद्वारा राज्यको सम्पत्ति दोहनदेखि नागरिक उन्मुक्ति पार्टी र जनमतबीच एकताका लागि बोलाइयो बैठकसम्म
-
गायक नवीन के भट्टराई ब्यान्डसहित लन्डनमा
-
नागरिक उन्मुक्ति पार्टीले बोलायो केन्द्रीय समिति बैठक