एनएसएलमा चितवनको पहिलो जित
शुक्रबार, १५ मङ्सिर २०८०, १९ : ४४

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) फुटबलको शुक्रबार भएको खेलमा चितवन एफसी विजयी भएको छ । चितवन एफसीले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलिएको खेलमा वीरगञ्ज युनाईटेड एफसीलाई २–१ गोलले हरायो ।
नेपाल सुपर लिगको इतिहासमा चितवनले हासील गरेको यो पहिलो जित हो । पहिलो संस्करण पनि खेलेको चितवनले एक जित पनि निकालेको थिएन ।
चितवनका लागि विमल घर्तिमगर र विदेशी खेलाडी टोरिन जेब्रिनले एक–एक गोल गरे । वीरगञ्जका लागि एक मात्र गोल एकिन्स कयी बाफोरले गरे ।