एनसेल आजियाटालाई प्राधिकरणले काट्यो पत्र, शेयर खरिद बिक्रीमा पूर्व स्वीकृति नलिएको खुलासा
![एनसेल आजियाटालाई प्राधिकरणले काट्यो पत्र, शेयर खरिद बिक्रीमा पूर्व स्वीकृति नलिएको खुलासा](https://npcdn.ratopati.com/media/news/dd_e3NlIxZKAU.jpg)
काठमाडौँ । एनसेल आजियाटाले शेयर खरिद बिक्रीको पूर्व स्वीकृति नलिएको खुलासा भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले बुधबार एनसेल आजियाटालाई पत्र लेख्दै शेयरधनीको शेयर खरिद बिक्री वा नामसारी गर्नुपूर्व प्राधिकरणको स्वीकृति प्राप्त गर्नु पर्ने व्यवस्था स्मरण गराएको हो ।
प्राधिकरणले एनसेल आजियाटाको होल्डिङ कम्पनीको शेयर बिक्री तथा हक हस्तान्तरण गर्न लागिएको भनि जारी विज्ञप्तिप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
‘दूरसञ्चार नियमावली, २०५४ को नियम १५ (ट) बमोजिम चुक्ता पुँजीको पाँच प्रतिशत भन्दा वढी शेयर खरिद वा विक्री गर्नु अघि प्राधिकरणको स्वीकृति लिनुपर्ने व्यवस्था उल्लेख भएको र नेपाल दूरसञ्चार प्राधिकरण (अनुमतिपत्र प्राप्त व्यक्तिको शेयर खरिद बिक्री) विनियमावली, २०७६ को विनियम ४ (क) बमोजिम अनुमतिपत्र प्राप्त व्यक्तीले आफ्ना शेयरधनीको शेयर खरिद बिक्री वा नामसारी गर्नुपूर्व प्राधिकरणको स्वीकृति प्राप्त गर्नु पर्ने व्यवस्था रहेकोले सो अनुरूप गर्न गराउन जानकारी गराइन्छ’, प्राधिकरणका उपनिर्देशक सुन्दर प्याकुरेलको हस्ताक्षरमा एनसेल आजियाटालाई पठाएको पत्रमा भनिएको छ ।
यसैबीच आजिएटा ग्रुप बरहादले १ खर्ब ४३ अर्ब रुपैयाँमा किनेकाे नेपालको दूरसञ्चार सेवा प्रदायक एनसेलकाे ८० प्रतिशत सेयर करिब ६ अर्ब ६५ करोड (५ करोड अमेरिकी डलर)मा बिक्री भएकाे छ । बेलायती कम्पनी स्पेक्ट्रलाइट यूकेले आफ्नो ८० प्रतिशत शेयर खरिद गरेकाे आजिएटाले विज्ञप्तिमार्फत जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज ८ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
‘साइबर अपराध नियन्त्रणमा मेटा र टिकटक सहयोगी, अरूको बेवास्ता’
-
नेपालमा लगानी भित्र्याउन संविधान प्रदत्त अधिकार कार्यान्वयन अनिवार्य : केसी
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
दुई दलीय स्वार्थको टकरावले मधेश कृषि विश्वविद्यालय बन्द !
-
आज हिंसात्मक अतिवाद रोकथाम दिवस मनाइँदै