नक्कली शरणार्थी प्रकरणमा उच्च अदालतको आदेशपछिको दृश्य

काठमाडौँ । उच्च अदालत, पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा आदेश सुनाएको छ । ठगी, लिखत, राज्यविरुद्ध र संगठित अपराधसम्बन्धी मुद्दा खेपिरहेका २२ जना प्रतिवादीमध्ये पूर्व गृहमन्त्री बालकृष्ण खाँणसँग ३० लाख रुपैयाँ धरौटी माग गरिएपनि उनी तत्काल रिहा नहुने भएका छन् । उनको हकमा दुई न्यायाधीशबिचको राय बाझिएपछि तेस्रो न्यायाधीशले धरौटीमा रिहा गर्ने वा नगर्ने भन्नेबारे आदेश दिनेछन् ।
तर, पूर्व उपप्रधानमन्त्रीसमेत रहेका एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीलगायत भने थुनामै रहने भएका छन् । अदालतको आदेशअनुसार रायमाझीसहित टेकनारायण पाण्डे, डा इन्द्रजित राई, केशव प्रसाद दुलाल, सानु भण्डारी, सागर राई, गोविन्द कुमार चौधरी, सन्देश शर्मा, आङटावा शेर्पा थुनामै रहने भएका हुन् ।
यस्तै ६ जना सँग धरौटी माग भएको छ भने बाँकी साधारण तारेखमा रिहा हुने भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा
-
प्रधानन्यायाधीश राउतद्वारा उपभोक्ता अदालतको उद्घाटन
-
कोरला नाकामा आन्तरिक पर्यटकको आकर्षण
-
कांग्रेस नेता उमेश श्रेष्ठलाई मातृशोक
-
‘अब सिलिकन भ्यालीको पछाडि दौडिने समय सकियो’
-
पूर्वविशिष्टलाई आजीवन सुविधा दिने सरकारको तयारी छैन : उपप्रधानमन्त्री सिंह