निम अवार्डको सातौँ संस्करण सुरु

काठमाडौँ । राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम)को सातौँ संस्करण सुरु भएको छ । आयोजक ऐरा प्रोडक्सन प्रालिले शुक्रबार एक विज्ञप्ति जारी गर्दै अवार्डको आवेदन खुला भएको जनाएको हो ।
विगत ६ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको निम अवार्डमा नेपालभित्र बोलिने विभिन्न भाषा र भाकाका गीतहरू ( लोक, आधुनिक, काँठे भाका, देउडा भाका, नेपाल भाषा, तामाङ भाषा, मैथिली, भोजपुरी, राई, लिम्बु, चौधरी, शेर्पा, मगर, गुरुङ, सतार, सुनुवार भाषाका’ सहभागिता जनाउन सक्नेछन् ।
अंग्रेजी क्यालेन्डर अनुसार २०२३ जनवरी १ देखि २०२३ डिसेम्बर ३० सम्म (१ वर्ष भित्रमा) बजारमा आएका गीत तथा भिडियोहरूलाई अवार्डमा समावेश गरिनेछ । आवेदनका लागि फारमहरु आयोजक संस्थाको कार्यालयबाट उपलब्ध हुनुका साथै ग्लोबल अनलाइन पे को अनलाइन मार्फत पनि भर्न सकिनेछ । आयोजकले आवेदनको अन्तिम मिति पुस २५ गतेसम्मको लागि तोकेको छ । अवार्ड एक भव्य समारोहका बिच आयोजना हुने कार्यक्रम संयोजक कमला जोशीले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घर–घरमा स्वच्छ खानेपानी पुर्याउनु सरकारको प्रमुख लक्ष्य हो : मन्त्री यादव
-
अख्तियार र सीआईबीको कर्मचारी भन्दै ठगी गरेको आरोपमा युवक पक्राउ
-
‘ट्रेडमार्क र पेटेन्टको मुद्दामा आउने विवादबारे सरकारले विशेष कानुनी व्यवस्था गर्नुपर्छ’
-
आउ, सँगसँगै शिक्षक आन्दोलनमा जाऔँ
-
कलैयाको योगशिला अस्पताल बन्द गर्न मुख्यमन्त्रीको निर्देशन
-
पिटर र गियोङ्गमिन पार्कलाई एसिया ट्राइयाथलन कप उपाधि