खाद्यले ११ सय २५ रुपैयाँ प्रतिकेजीका दरले च्याङ्ग्रा बेच्ने

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले प्रतिकेजी एक हजार एक सय २५ रुपैयाँका दरले च्याङ्ग्रा बिक्री गर्ने भएको छ । चाडपर्वका लागि ल्याइएका मौज्दात च्याङ्ग्राको बिक्रीका लागि कम्पनीले आज एक सूचना जारी गरेको छ ।
दसैँ र तिहारमा च्याङ्ग्रा नबिकेपछि कम्पनीले सो सूचना निकालेको हो । स्थायी लेखा नम्बर (प्यान) इजाजत प्राप्त इच्छुक फर्म, संस्था, कम्पनी वा व्यक्तिले गोप्य सिलबन्दी दरभाउ पत्र पेस गर्न सक्नेछन् । बोलपत्र धरौटी रकम ७५ हजार रुपैयाँ र न्यूनतम कबोल दर प्रतिकेजी एक हजार एक सय २५ रुपैयाँ निर्धारण गरिएको छ ।
हाल ३० केजी बढीका ९० वटा च्याङ्ग्रा बाँकी रहेको कम्पनीले जनाएको छ । दरभाउ पत्र पेस गर्ने म्याद आगामी पुस १ गते दिउँसो १२ बजेसम्म सूचनामा उल्लेख छ । दरभाउ पत्र सोही दिन दिउँसो २ बजे खोलिने कम्पनीको जारी सूचनामा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५१ जना प्रहरी कर्मचारीहरूलाई ट्राफिक प्रशासन तालिम प्रदान
-
सडक निर्माणले मालिकाधुरी जाने यात्रा अवधि छोटियो
-
नेपाल प्रहरी अस्पताल महाराजगन्जको ४१औँ वार्षिकोत्सव सम्पन्न
-
‘यही व्यवस्था र अवस्थामा भ्रष्टाचारको जालोले देश सकाउँछ’
-
प्रधानमन्त्री ओली अर्घाखाँचीको पाणिनीमा
-
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान नियमित गर्न माग गर्दै आन्दोलनको घोषणा