वरिष्ठ फुटबल प्रशिक्षक भीम थापाको निधन
शुक्रबार, १५ मङ्सिर २०८०, १३ : ३३
काठमाडौँ । वरिष्ठ फुटबल प्रशिक्षक भीम थापाको शुक्रबार निधन भएको छ । हृदयाघातका कारण थापाको निधन भएको हो । शुक्रबार बिहान हृदयाघात भएपछि अस्पताल लैजादैँ गर्दा बाटोमै थापाको निधन भएको थियो । थापा काठमाडौँको कुलेश्वरमा बस्दै आएका थिए ।
थापा राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक पनि हुन् । उनले खेलाडीको भूमिकामा पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा देशको प्रतिनिधित्व गरेका थिए ।
उनी सन् १९७१ मा जापानमा यू–१९ एशियन च्याम्पियनसिप खेल्ने टोलीका प्रभावशाली सदस्य थिए । थापाले महावीर,एनआरटीलगायतका विभिन्न क्लबबाट पनि फुटबल खेलेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगञ्ज भन्सारमा ६ वर्षदेखि छैन स्क्यानर मेसिन, हातैले छामेर मालसामान जाँच
-
सार्वजनिक शिक्षा सुधार्न नेत्रको संघर्ष, सातै प्रदेशमा उभिएर प्रदर्शन गर्ने
-
प्रभु साहको प्रश्न : प्रधानमन्त्रीको चीन भ्रमण देशका लागि हो कि तीर्थयात्रा ?
-
धितोपत्रको अध्यक्षमा व्यावसायिक पृष्ठभूमिका श्रेष्ठको ‘इन्ट्री’
-
आज पनि भएन नेपाल एयरलाइन्सका पाइलटसँग सहमति
-
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै