लिभरपुल समूह विजेता बन्दै युरोपा लिगको नकआउट चरणमा

काठमाडौँ । इङ्लिस प्रिमियर लिग क्लब लिभरपुल समूह विजेता बन्दै युरोपा लिग फुटबलको नकआउट चरणमा पुगेको छ । लिभरपुलले बिहीबार राति सम्पन्न खेलमा अष्ट्रियन क्लब एलएएसकेलाई ४-० गोलको फराकिलो अन्तरले हरायो ।
एनफिल्डमा खेलिएको उक्त खेलमा घरेलु टोली लिभरपुलका लागि कोडी गाक्पोले दुई गोलको योगदान गरे । खेल सुरु भएको १२औँ मिनेटमै लुइस डियाजले पहिलो गोल गरेका थिए । त्यसको तीन मिनेटपछि नै गाक्पोले लिभरपुलको अग्रता दोब्बर बनाएका थिए ।
पहिलो हाफमा २-० ले अगाडि रहेको लिभरपुलले दोस्रो हाफमा पनि दुई गोल थपेको थियो । निर्धारित समयको ५१औँ मिनेटमा मोहमद सलाहले टोलीका लागि तेस्रो गोल थपेका थिए । उनले पेनाल्टीमार्फत गोल गरेका थिए ।
दोस्रो हाफको इन्जुरी समयमा गाक्पोले व्यक्तिगत रूपमा दोस्रो गोल थप्दै लिभरपुललाई सहज जित दिलाएका थिए । समूह ‘ई’ मा चार वटै टोलीले पाँच—पाँच खेल खेलिसकेका छन् । १२ अङ्कसहित लिभरपुल पहिलो, आठ अङ्कसहित टोलुसे दोस्रो, पाँच अङ्कसहित युनियन सेन्ट गिलोइस तेस्रो र तीन अङ्कसहित एलएएसके चौथो स्थानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमसीसीसँगै रोकिएका परियोजना अघि बढाउनेबारे सरकारसँग चार विकल्प
-
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : फाइनलमा चुक्यो नेपाल
-
मानवमा आत्मिक जागरण अपरिहार्य : प्रदेश प्रमुख भट्ट
-
नेपालविरुद्ध म्यानमारको २–० को अग्रता
-
तस्बिरमा हेर्नुहोस् नेपाल र म्यानमारबिचको खेल
-
अध्यादेश अघि नबढेपछि एमालेले बोलायो सचिवालय बैठक