अनेसास न्यूयोर्क शाखाको अध्यक्षमा लक्ष्मी श्रेष्ठ निर्वाचित
न्यूयोर्कमा आयोजित ११५ औं महाकवि लक्ष्मीप्रसाद देबकोटा जयन्ती भव्यताको साथ सम्पन्न भएको छ । अन्तराष्ट्रिय नेपाली साहित्य समाज न्यूयोर्क च्याप्टर (शाखा) को आयोजनामा ११५ औं महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती कविता वाचनको साथै मन्तब्य सहित कार्यक्रम सम्पन्न भएको हो ।
सोही अवसरमा अन्तराष्ट्रीय नेपाली साहित्य समाज न्यूयार्क शाखाको २०२३(२०२५ को लागि सम्पन्न भएको निर्वाचनमा साहित्यकार लक्ष्मी श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समितिको पनि चयन गरिएको छ ।
नयाँ कार्य समितीमा अध्यक्षमा लक्ष्मी श्रेष्ठ सउपाध्यक्षमा जानुका वस्ती ढकाल, महासचिवमा नदिया लिबांग, सचिवमा मेनका पराजुली र कोषाध्यक्षमा सिर्जना लामा निर्विरोध निर्वाचित भएका छन् ।
निर्वाचन समितिमा संयोजकमा किरण काफ्ले सहित बद्री पौडेल तथा हरि शर्मा सदस्यहरु रहेका थिए ।
यसैगरी, कार्यक्रममा गायिकाहरुको उपस्थित समुहद्वारा नेपाली राष्ट्रीय गान तथा अमेरीकी राष्ट्रीय गान संयुक्त रुपमा प्रस्तुत गरीएको थियो । महाकवि लक्ष्मी प्रसाद देबकोटालाई स्मरण गर्ने क्रममा, साहित्यकार तथा सम्पादक युयुत्सु शर्मा ज्युले नेपाली कविता र अँग्रेजी कविता पनि वाचन गरेर सुनाएका थिए ।
नव निर्वाचित पदाधिकारीहरुलाई निर्वाचन समितिका सदस्य हरि शर्मा पदिय मर्यादाको सपथ ग्रहण पनि गराएका थिए ।
सोही अबसरमा केन्द्रका अध्यक्ष साहित्यकार गोबर्धन पूजा, उपाध्यक्ष साहित्यकार राजेन्द्र श्रेष्ठ तारा किशन फ़ाउण्डेशनका संस्थापक साथै अनेसासका सल्लाहकार साहित्यकार किशन सिंह धामी,, केन्द्रका सदस्य साहित्यकार शकुन ज्ञवाली ,सल्लाहकार सिता खरेल ,बन्दना कोईराला, कुन्ती थापा साथै बिओटीका निवर्तमान अध्यक्ष साहित्यकार गिता खत्रीले अनेसास केन्द्रका नवनिर्वाचित सम्पूर्ण टोलीलाई बधाई तथा शुभकामना दिएकी थिइन् ।
कार्यक्रममा अनेसास बिओटीका निवर्तमान अध्यक्ष साहित्यकार गिता खत्रीको नयाँ कृती उपन्यास “रोबर्ट जर्ज” को समीक्षा बिओटीका सदस्य च्याप्टरका सल्लाहकार, साहित्यकार तथा समिक्षक रश्मी भट्ट गरेकी थिइन् ।
देबकोटा जयन्ती मनाउने क्रममा साहित्यकार गोविन्द कोइरालाले वाचन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने सहरबिच भगिनी सम्बन्ध
-
विराट कोहलीले छक्का प्रहार गर्दा सुरक्षाकर्मी घाइते, टाउकोमै बज्रियो बल
-
सरकारको निर्देशन कार्यान्वयनबारे नागरिकबाट खबरदारी गर्न मुख्यमन्त्री आचार्यको आग्रह
-
ग्लोबल आइएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
-
नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय : सभामुख
-
मृत्युपश्चात अंग दान गर्नेका परिवारलाई २ लाख दिने स्वास्थ्यमन्त्रीको निर्णय