मधेस प्रदेशसभा : रिक्त दुई विषयगत समितिमा सभापति चयन
जनकपुरधाम । मधेश प्रदेशसभामा रिक्त दुई वटा विषयगत समितिका सभापति चयन गरिएका छन् । प्रदेशसभाको आजको बैठकबाट दलीय सहमतिको आधारमा नेपाली कांग्रेसका तर्फबाट कृषि तथा भूमि व्यवस्थापन समितिको सभापतिमा सञ्जयकुमार यादव र प्रदेश मामिला समितिको सभापतिमा नेकपा (एकीकृत समाजवादी) का तर्फबाट रत्नेश्वरलाल गोईतलाई सर्वसम्मतरुपमा चयन गरिएको हो ।
नवनिर्वाचित सभापतिलाई सभामुख रामचन्द्र मण्डलले आजै पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।
मधेश प्रदेशसभामा रहेका सातवटा विषयगत समितिमध्ये अर्थ तथा योजना समितिमा जनमत पार्टीका सतिशकुमार सिंह, प्राकृतिक स्रोत तथा वातावरण समितिमा नेकपा (माओवादी केन्द्र) का शारदा दास (पहाडी), महिला बालबालिका तथा सामाजिक न्याय समितिमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का रुपाकुमारी यादव, विकास समितिमा जनता समाजवादी पार्टी (जसपा) का सारदा शङ्करप्रसाद कलवार र सार्वजनिक लेखा समितिमा नेकपा (एमाले) का मञ्जुकुमारी थापामगर सभापति चयन भइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारप्रति जनतामा असन्तुष्टि, आक्रोश र वितृष्णा बढ्दै गयो : मोहन वैद्य
-
हेटौँडा–१२ : निर्वाचन लक्षित आमसभादेखि टोल टोलमा पुग्दै नेताहरू
-
तीन साङ्गीतिक ब्यान्डको एकसाथ टुर
-
चीनबाट फर्केलगत्तै मन्त्री हेरफेर गर्ने प्रधानमन्त्रीको सङ्केत
-
जनताले अस्वीकार गरेकाहरूले शासन चलाउने युगको अन्त्य गर्नुपर्छ : शङ्कर पोखरेल
-
अव्यवस्थित विकासले विपद्लाई बढवा दियो : मुख्यमन्त्री लामा