शनिबार, १५ मङ्सिर २०८१
ताजा लोकप्रिय

मधेस प्रदेशसभा : रिक्त दुई विषयगत समितिमा सभापति चयन

बिहीबार, १४ मङ्सिर २०८०, २३ : १७
बिहीबार, १४ मङ्सिर २०८०

जनकपुरधाम ।  मधेश प्रदेशसभामा रिक्त दुई वटा विषयगत समितिका सभापति चयन गरिएका छन् । प्रदेशसभाको आजको बैठकबाट दलीय सहमतिको आधारमा नेपाली कांग्रेसका तर्फबाट कृषि तथा भूमि व्यवस्थापन समितिको सभापतिमा सञ्जयकुमार यादव र प्रदेश मामिला समितिको सभापतिमा नेकपा (एकीकृत समाजवादी) का तर्फबाट रत्नेश्वरलाल गोईतलाई सर्वसम्मतरुपमा चयन गरिएको हो । 

नवनिर्वाचित सभापतिलाई सभामुख रामचन्द्र मण्डलले आजै पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

मधेश प्रदेशसभामा रहेका सातवटा विषयगत समितिमध्ये अर्थ तथा योजना समितिमा जनमत पार्टीका सतिशकुमार सिंह, प्राकृतिक स्रोत तथा वातावरण समितिमा नेकपा (माओवादी केन्द्र) का शारदा दास (पहाडी), महिला बालबालिका तथा सामाजिक न्याय समितिमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का रुपाकुमारी यादव, विकास समितिमा जनता समाजवादी पार्टी (जसपा) का सारदा शङ्करप्रसाद कलवार र सार्वजनिक लेखा समितिमा नेकपा (एमाले) का मञ्जुकुमारी थापामगर सभापति चयन भइसकेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप