कर्णालीका प्रहरीले ड्युटीमा मोबाइल प्रयोग गर्न नपाउने
![कर्णालीका प्रहरीले ड्युटीमा मोबाइल प्रयोग गर्न नपाउने](https://rpcdn.ratopati.com/media/albums/karnali-police-office.2020-12-18-02-10-34_800x460_50_qTlCz9dqQO.webp)
कर्णाली । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले कर्णालीमा कार्यरत प्रहरीले कर्तव्य पालनाको सिलसिलामा मोबाइल प्रयोग गर्न नपाउने बताएका छन् ।
सुरक्षाजस्तो संवेदनशील कार्यमा खटिएका प्रहरी कर्मचारीले एकमनका साथ आफ्नो जिम्मेवारीमा ध्यान केन्द्रित गराई नागरिकको सुरक्षा होस् भन्ने हेतुले मोबाइल प्रयोग गर्न नपाउने व्यवस्था मिलाइएको उनले जानकारी गराए ।
प्रहरी नायब महानिरीक्षक ढकालले भने, “कर्तव्य पालनाको समयमा आम नागरिकलाई प्रभावकारी सुरक्षाको अनुभूति दिलाउन र जिम्मेवारी क्षेत्रभित्र प्रभावकारी काम होस् भन्ने उद्देश्यले यो नियम ल्याइएको हो ।”
उनका अनुसार टोली कमाण्डरको हकमा यो नियम लागू हुने छैन । जिम्मेवारी क्षेत्रमा खटिएका कर्मचारीलाई कुनै समस्या वा काम भएमा कमाण्डरको फोनमार्फत सहजीकरण गर्न यो व्यवस्था गरिएको प्रहरी नायव महानिरीक्षक ढकालले बताए ।
कर्तव्यपालनाको सिलसिलामा मोबाइल नचालाउँदा आपराधिक गतिविधिको उच्च निगरानी गर्न सकिने, अपराध भएमा तत्काल अनुसन्धान हुने तथा सामाजिक सञ्जालको दुरुपयोग गर्नबाट प्रहरी कर्मचारीलाई बचाउन सकिने जनाइएको छ ।
प्रहरी कर्मचारी स्वयंको पनि मोबाइल खर्च वचत हुनुका साथै यसले नागरिकमा प्रहरीप्रतिको विश्वास बढ्ने आशा गरिएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयले जिम्मेवारी पूरा गर्ने समयमा मोबाइल नचलाउन/नबोक्नका लागि सबै जिल्ला, गण, तालिम केन्द्र, इलाका, चौकीसम्म परिपत्र गरिएको प्रहरी नायब महानिरीक्षक ढकालले बताए ।
उनका अनुसार यसका लागि प्रभावकारी ब्रिफिङ र अनुगमन गर्ने व्यवस्था पनि मिलाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हमासलाई नेतन्याहूको चेतावनी-शनिबारसम्म थप बन्धक रिहा नगरे युद्धविराम समाप्त
-
माइतीघरमा आन्दोलनरत स्वर्गद्वारी गुठी पीडित किसानलाई सरकारद्वारा वार्ताको लागि आह्वान
-
१२ बजे, १२ समाचार : पूर्व राष्ट्रपति भण्डारीलाई बाटो खुल्योदेखि बागमतीका ८ सहकारीको छानविनमा सीआईबीलाई निम्तोसम्म
-
रुकुम पूर्वमा तीन जनाको शव फेला
-
१० बजे १० समाचार : विद्यालाई बाटो खुला, बलात्कार आरोपीलाई उन्मुक्ति
-
ढल्कुबाट लागुऔषध एम्फेटामाइन आइससहित दुईजना पक्राउ