कास्कीको माछापुच्छ्रेमा राष्ट्रपति रनिङ शिल्ड सुरु
बिहीबार, १४ मङ्सिर २०८०, २१ : ३२

पोखरा । कास्कीको माछापुच्छ्रे« गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको आयोजनामा ३ दिनसम्म चल्ने प्रतियोगिता पाँचौँ संस्करणको हो । प्रतियोगितामा ११ माध्यमिक विद्यालयका ३ सय ८३ विद्यार्थी सहभागी छन् । प्रतियोगिता अन्तर्गत ३० खेल हुनेछन् ।
गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले प्रतियोगिता सुरु गरेकी हुन् । उनले खेलको विकासमा पालिका चनाखो रहेको बताइन् । खेलाडीहरुलाई अनुशासित भएर खेल प्रदर्शन गर्न उनको आग्रह छ ।
बिहीबार मार्चपास, रिले दौड, भलिबल प्रतियोगिता भएको छ । प्रत्येक विधामा पहिलो हुने स्कुलले १५ हजार, दोस्रोले १० हजार र तेस्रो हुनेलाई ७ हजार पुरस्कार दिइने पालिकाले जनाएको छ । लाहाचोक स्थित महेन्द्र मावि खेल मैदानमा प्रतियोगिता सञ्चालन गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको बेनी नगरपालिकामा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम
-
आईपीएल : पुछारमै थन्कियो चेन्नई, हैदरावाद उक्लियोआठौं नम्बरमा
-
झापाको मेचीनगर नगरपालिकामा अनुगमन तीब्र, खाद्य उद्योगलाई जरिवाना
-
१२ बजे, १२ समाचार : डाबरद्वारा राज्यको सम्पत्ति दोहनदेखि नागरिक उन्मुक्ति पार्टी र जनमतबीच एकताका लागि बोलाइयो बैठकसम्म
-
गायक नवीन के भट्टराई ब्यान्डसहित लन्डनमा
-
नागरिक उन्मुक्ति पार्टीले बोलायो केन्द्रीय समिति बैठक