घुस रकमसहित सब–इन्जिनियर अख्तियारको नियन्त्रणमा
बिहीबार, १४ मङ्सिर २०८०, १९ : ५१
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित सब–इन्जिनियरलाई नियन्त्रणमा लिएको छ । अख्तियारले बिहीबार बुढानिलकण्ठ नगरपालिकाका सब–इन्जिनियर टिकाराज राईलाई ८० हजार घुस रकमसहित नियन्त्रणमा लिएको हो ।
सब–इन्जिनियर राईले घर निर्माण सम्पन्न भएको प्रमाणपत्र उपलब्ध गराए बापत सेवाग्राहीसँग घुस लिएको अख्तियारले जनाएको छ ।
उनलाई बुढानिलकण्ठ नगरपालिका–७ बाट बिहीबार नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले बताएको छ ।