नेपाली र विदेशीलाई एउटै हवाई भाडा कायम गर्न धवलशमशेर राणाको माग
![नेपाली र विदेशीलाई एउटै हवाई भाडा कायम गर्न धवलशमशेर राणाको माग](https://npcdn.ratopati.com/media/news/dhawal1_7HmCwdbhMq.jpg)
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर राणाले आन्तरिक हवाई उडानमा नेपाली र विदेशी पर्यटकलाई एउटै हवाई भाडा कायम गर्नुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभा अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै सांसद राणाले आन्तरिक उडानमा नेपाली र विदेशीका लागि फरक भाडादार राखिएकोले त्यसलाई परिवर्तन गर्नुपर्ने बताए ।
सांसद राणाले नेपालीलाई पाँच–छ हजार रुपैयाँ पर्ने हवाई भाडा विदेशीलाई भने २ सय डलर तोकेर विदेशीलाई नेपाल नआऊ भन्न खोजेको हो भन्दै प्रश्न गरे । एउटै उडानमा नेपालीलाई भन्दा विदेशीलाई पाँच–छ गुणा बढी भाडा भएकोले विदेशीहरूले अन्तर्राष्ट्रिय उडान भन्दा पनि आन्तरिक उडान महँगो भनेर गुनासो गर्ने गरेको बताए ।
सांसद राणाले नेपालमा पर्यटन विकासका लागि यस्तो नीति हटाउनुपर्नेमा जोड दिए । उनले सरकारलाई कुनै काम गर्नका लागि समितिले आग्रह गर्ने नभई आदेश दिने नीति लिनुपर्नेमा पनि उनले जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साढे तीन खर्ब डलरको कम्पनीका सीईओको वार्षिक कमाई ७६ हजार डलर मात्रै
-
केएमसीमा कोरियन विश्वविद्यालयहरूसँगको सांस्कृतिक आदानप्रदान कार्यक्रम सम्पन्न
-
नेपालमा कृष्णवक्ष चाँचर चराको दोस्रोपटक अभिलेख
-
जलवायु न्याय नेपालका लागि निकै महत्त्वपूर्ण विषय हो : वनमन्त्री
-
२०८२ साल असोज १६ गते दसैँको टीका, यस्तो छ चाडपर्वको तिथि–मिति
-
अमेरिकामा स्वास्थ्य मन्त्री बने रोबर्ट एफ केनेडी