उत्तर कोरियाली दूतावास बन्द हुँदा सरकारले चासो नदिएको भन्दै सुवालको आपत्ति

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालमा उत्तर कोरियाको राजदूतावास बन्द हुँदा सरकारले चासो नदिएको भन्दै आपत्ति व्यक्त गरेका छन् ।
बिहीबार प्रतिनिधिसभा अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले नेपालमा उत्तर कोरियाबाट आएर आइटी, मेडिकल क्षेत्रमा काम गर्ने कामदारलाई देश निकाला गर्नु उचित नभएको बताए ।
सांसद सुवालले भने– ‘नेपालबाट उत्तर कोरियाको राजदूतावास किन उठेर गयो ? ५५ वर्षअघि देखि मैत्रीपूर्ण सम्बन्ध रहेको देशले आफ्नो दूतावास हटाउनु राम्रो होइन । दूतावास हटाउनुको कारण के थियो सरकारले संसद्लाई जानकारी गराउनुपर्छ कि पर्दैन ? यसबारे समितिले सरकारसँग जवाफ माग्नुपर्छ । उत्तर कोरियाबाट नेपालमा आइटी र मेडिकल क्षेत्रमा केही कामदारले काम गरिरहेका थिए । उनीहरूलाई नेपालबाट निकाला गरिएको छ । लाखौँ नेपालीले अरूको देशमा गएर काम गर्न हुने, नेपालमा अरू देशका आएर काम गर्न नहुने भन्ने यस्तो पनि हुन्छ ?’
सांसद सुवालले रुस र युक्रेनको युद्धमा नेपाली युवाहरूले ज्यान गुमाइरहेको बताउँदै नेपाली युवालाई भाडाको सैनिक बन्नबाट रोक्न माग गरे । भाडाको सैनिकको रूपमा नेपाली प्रयोग हुने अवस्था रोक्न समितिले सरकारलाई कडा निर्देशन दिनुपर्ने उनको भनाई छ । सांसद सुवालले भाडाको सैनिक हुने प्रक्रिया नरोक्ने हो भने मन्त्री, प्रधानमन्त्रीको छोरा छोरी पनि भाडाको सैनिक हुनुपर्ने छ भनेर ऐन बनाउनुपर्यो भन्दै कटाक्ष गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : ज्ञानेन्द्रको अभिव्यक्तिले संसदमा तरंगदेखि उर्जामन्त्रीको विरोध गर्ने कर्मचारीलाई हटाउन मन्त्रालयको ताकेतासम्म
-
१२ जना इन्स्पेक्टरको काज, पुल्चोकमा गम्भीरजंग थापा
-
ज्ञानेन्द्रको अभिव्यक्तिले तात्यो संसद् : माओवादी मौन, कांग्रेस–एमालेको प्रतिवाद
-
सशस्त्र प्रहरीकी इन्स्पेक्टर सन्तोषी महत मृत फेला, डीआईजीको नेतृत्वमा छानबिन समिति
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना
-
सचिवद्वय पोखरेल र सिंहको बिदाई