भारतीय नम्बर प्लेटको गाडीमा राप्रपाका महामन्त्री सिंहदरबार पसेपछि...

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा धवलशमशेर राणा बिहीबार भारतीय नम्बर प्लेटको गाडीमा सिंहदरबार पुगेका छन् । भन्सार अनुमतिको म्याद सकिएको भारतीय नम्बर प्लेटको गाडीमा उनी सिंहदरबार पुगेका हुन् ।
सिंहदरबारस्थित समितिको बैठकमा सहभागी हुन उनी नियमविपरीत उक्त गाडीमा गएका थिए । उनी भन्सार अनुमति पास समेत नभएको गाडीमा गएको पाइएपछि प्रहरीले राणासहित गाडीलाई बाहिर निकालेको जनाइएको छ । राणाले आफ्नो नातेदारहरु गाडीमा भारतबाट आएको र सोही गाडीमा आफू सिंहदरबार गएको बताए । ‘नातेदारहरु भारतबाट आएका थिए । गाडीको भन्सार थप्नु थियो । त्यही गाडी लिएर सिंहदरबारको मिटिङमा आएको थिएँ’, उनले भने, ‘मलाई के थाहा ल्याउन मिल्छ कि मिल्दैन ?’
उनले आफूले यसबारे थापा पाएपछि दुई दिनको भन्सार अनुमतिपत्र गराएको जानकारी दिए । ‘कस्टमको म्याद आजसम्मको थियो । भोलिपर्सीका लागि थप्नु थियो । पहिला सिंहदरबार गएर कस्टम अफिस जान्छु भन्ने थियो । कमिटीको बैठकस्थल बाहिर राखेको थिएँ । बाहिर गरिदिएका रहेछन् ।’
प्रहरी स्रोतका अनुसार विशेष परिस्थितिबाहेक भारतीय नम्बर प्लेटको गाडी सिंहदरबार प्रवेश दिइने छैन । अर्को कुरा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा विदेशमा दर्ता भएको सवारी प्रचलित कानून बमोजिम अनुमति नलिइ नेपालभित्र चलाउन नपाइने र त्यसो गरेमा १ हजारदेखि पाँचहजार रुपैयाँसम्म जरिवाना लिने उल्लेख छ ।
विदेशमा दर्ता भएको सवारी नेपालभित्र चलाउने अनुमति मागेमा अधिकार प्राप्त अधिकारीले तोकिएको दस्तुर लिइ बढीमा एक महिनासम्मको लागि त्यस्तो सवारी चलाउने अनुमति दिन सक्ने छ । तर सो अवधि पनि राणा सवार गाडीले गुजारेको बताइएके छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीका मेयर थापाविरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ जारी
-
२० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
-
इयुको अदालतमा उपप्रमुख डङ्गोल
-
उपप्रधानमन्त्री सिंहद्वारा लोहन्द्र पुल उद्घाटन
-
एमालेले बिन्दा र उषाकिरणलाई निलम्बनको निर्णय गर्यो, तर पत्र दिएन
-
सुरक्षामा सधैँ चुनौती : कहाँबाट आउँछ साना हतियार ?