राक्सिराङमा ‘चेपाङलाई बिजुली कार्यक्रम’ सुरु

मनहरी । मकवानपुरको राक्सिराङ गाउँपालिकाले ‘चेपाङलाई बिजुली कार्यक्रम’ अभियान सुरु गरेको छ । अहिले गाउँपालिकाको सबै वडामा विद्युत् सेवा पुर्याउने गरी काम भइरहेको छ ।
राक्सिराङको खैराङ, काँकडा, दाम्राङलगायतका क्षेत्रमा विद्युत् सेवा पुग्न बाँकी छ । खैराङ, काँकडालगायत विद्युत् नपुगेको स्थानमा अहिले दैनिक करिब दुई सय मजदुरले पोल गाड्ने, तार तान्नेलगायतका काम गरिरहेको राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए ।
विद्युत् विस्तार गर्ने क्रममा वडा नं ९ को खैराङ र ७ को धिराङ, दाम्राङलगायतका क्षेत्रमा यसै आर्थिक वर्षभित्र बत्ती बाल्ने गरी धमाधम काम भइरहेको उनले बताए । रु ३१ करोडको बजेटमा नरेन्द्र इलेक्ट्रोनिक कम्पनी काठमाडौँले काम गरिरहेको र विद्युत्को कामका लागि स्थानीयस्तरबाट समेत सहयोग भइरहेको उनले बताए । “मजदुरसँगै स्थानीयले काम गरिरहेका छन्, विद्युत् नपुगेको ठाउँमा पुर्याउने र काठेपोल विस्थापित गर्ने अभियानमा लागेका छौँ”, अध्यक्ष मल्लले बताए ।
सहजरूपमा विद्युत् उपलब्ध भएपछि पर्यटन उद्योग र कृषिलाई पनि यहाँ सहज हुने छ । यस क्षेत्रमा सामूहिक कार्यका लागि सामुदायिक भवन बनाउने, गलैँचा उद्योग खोल्नेलगायतका योजना अघि बढेको अध्यक्ष मल्लले बताए । विद्युत् उपलब्ध भएपश्चात घरैबाट गलैँचाको काम गर्न सकिने उनले बताए ।
आगामी वैशाख महिनासम्म यस क्षेत्रमा विद्युत्बाट बत्ती बाल्ने योजना रहेको र सँगसँगै बाटो सफा गर्ने अभियान पनि सञ्चालन भइरहेको जनाइएको छ । राक्सिराङ भौगोलिकरूपमा विकट रहेको गाउँपालिका हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाजाबाट डोनाल्ड ट्रम्पलाई पत्र
-
पूर्वबाट रातो सूर्य उदाउँदै छ, यसले देशव्यापी ऊर्जा दिने छ : प्रचण्ड
-
पानीको स्रोत संरक्षण र चराहरूका लागि बुलबुलेमा अर्को ताल निर्माण गरिँदै
-
राष्ट्रिय मुक्ति पार्टीको केन्द्रीय समिति बैठक जारी
-
प्रीति जिन्टाको १८ करोड ऋण कसले गर्यो माफ ? के भन्छिन् अभिनेत्री ?
-
उपचार खर्च बढी लाग्ने टिटानसबाट जोगिने उपाय