नेपाल एयरलाइन्स भन्छ– जहाजले छाडेको होइन यात्रुहरू आफै छुटेका हुन् !

काठमाडौँ । बुधवार बेलुकाका काठमाडौँ–दुबई उडाउनको क्रममा रहेको नेपाल एयरलाइन्सको जहाजमा ३१ जना यात्रु काठमाडौँमै छुटेपछि चर्चा चुलिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) समेत उड्ने सो जहाजले जानिजानी सर्वसाधारण यात्रुहरूलाई छाडेर उडेको भन्दै एयरलाइन्सको आलोचना भइरहेको छ ।
तर, यता नेपाल एयरलाइन्सले भने जहाजले नभएर यात्रुहरू आफैँ छुटेको प्रतिक्रिया दिएको छ । ‘जहाजले छाडेको होइन यात्रुहरू आफैँ छुटेका हुन्’ नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेलले रातोपाटीसँग भने ।
‘जहाजको उडान तालिका परिवर्तन भएको सबै यात्रुहरूलाई पहिले नै जानकारी गराइएको थियो । फोन, एसएमएस, मेल सबै तरिकाबाट सूचना पुर्याइएको हो । तर, केही यात्रुहरू संवेदनशील नभइदिँदा छुट्नु भएको हो’ पौडेलले भने ।
एयरलाइन्सको आरए २२९ नम्बरको जहाज बुधवार बेलुका ११ः३० बजे काठमाडौँ–दुबई उडान तालिका रहेको थियो । तर प्रधानमन्त्री समेत सोही विमानमार्फत दुबई जाने भएपछि पूर्ववत् उडान सेडूलमा २ घण्टा अघि सारिएको थियो । एयरलाइन्सको ११ः३० को उडानलाई ९ः३० मा सारिएको सबैमा सूचना गरिएको प्रवक्ता पौडेलको भनाइ छ ।
तर, २५० जना यात्रुहरूले सूचना अनुसार नै समयमा नै उडानका लागि एयरपोर्ट आएको तर बाँकी ३१ जना नआएको प्रवक्ता पौडेलले रातोपाटीसँग बताए । तथापि, ढिला गरी आउने ३१ यात्रुलाई एयरलाइन्सले होटलमा लगेर राखेको र आज पुनः अर्को उडानमार्फत दुबई पठाउन लागिएको उनले जानकारी दिए ।
प्रवक्ता पौडेलका अनुसार आज बेलुकाको नेपाल एयरलाइन्सकै ११ः३० कै अर्को जहाजमार्फत छुटेका यात्रुहरूलाई दुबई पठाउन लागिएको र सम्भव भएसम्म अन्य जहाजहरूमार्फत समेत पठाउने तयारी नेपाल एयरलाइन्स गरिरहेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कति पुग्यो अमेरिकी डलरको मूल्य ?, यस्तो छ विदेशी मुद्राको दरभाउ
-
२०८२ सालका लागि चार नयाँ ‘पात्रो’ पञ्चाङ्गलाई स्वीकृति, कुल १८ पात्रो
-
प्रिमियर लिगमा तेस्रो स्थानको नटिङघमलाई सफलता
-
गुजरातको गर्जन कायमै, कोलकातालाई कष्ट
-
मर्स्याङ्दी जलविद्युत प्रभावित १९ परिवालाई मुआब्जा वितरण, प्रतिरोपनी एक करोड ८४ लाख
-
जुम्लामा आजदेखि दुई दिन हिमाली संवाद, कर्णालीको ८ जिल्लाका युवा सहभागी हुँदै