लगातारको निराशाजनक प्रदर्शनपछि म्यानचेस्टर युनाइटेड अप्ठ्यारोमा

काठमाडौँ । निरन्तरको निराशाजनक प्रदर्शनपछि युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको अघिल्लो चरणमा पुग्ने म्यानचेस्टर युनाइटेडको सम्भावना कमजोर बनेको छ । इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड आफ्नो पछिल्लो खेलमा टर्किस प्रतिद्वन्द्वी गालातसारीसँग ३—३ गोलको बराबरीमा रोकियो ।
च्याम्पियन्स लिगको समूह ‘ए’ अन्तर्गतको उक्त खेलमा म्यानचेस्टर युनाइटेडले दुईपटक अग्रता लिएर पनि त्यसलाई जोगाउन सकेन । खेल सुरु भएको ११औँ मिनेटमै म्यानचेस्टर युनाइटेडका लागि एलेजान्द्रो गार्नाचोले पहिलो गोल गरेका थिए । त्यसपछि खेलको १८औँ मिनेटमा म्यानचेस्टर युनाइटेडले अग्रता दोब्बर बनाएको थियो । टोलीका लागि दोस्रो गोल ब्रुनो फर्नान्डेजले गरेका थिए । खेलको २९औँ मिनेटमा गालातसारीका लागि हकिम जिएचले फ्रिकिकमार्फत गोल गरेका थिए ।
खेलको ५५ औँ मिनेटमा म्यानचेस्टर युनाइटेडले पुनः ३—१ को अग्रता लिएको थियो । म्यानचेस्टर युनाइटेडका लागि तेस्रो गोल स्कट म्याकटोमिनीले गरेका थिए । खेलको ६२ औँ मिनेटमा गालातसारीका लागि हकिम जिएचले नै ब्यक्तिगत रुपमा दोस्रो गोल गरेका थिए । निर्धारित समयको ७१ औँ मिनेटमा गालातसारीले तेस्रो गोल गरेको थियो । गालातसारीका लागि तेस्रो गोल मुहम्मद करिमले गरेका थिए । म्यानचेस्टर युनाइटेड अंक तालिकामा सबैभन्दा तल छ । पछिल्लो नतिजासँगै म्यान युनाइटेडको अर्को चरण प्रवेश गर्ने सम्भावना कठिन बनेको हो ।
सबै टोलीले पाँच—पाँच खेल खेलिसक्दा बायर्न म्युनिख १३ अंकसहित पहिलो, कोपेनहेगन पाँच अंकसहित दोस्रो, गालातसारी पाँच अंकसहित तेस्रो र म्यानचेस्टर युनाइटेड चार अंकसहित चौथो स्थानमा आसिन छन् । सोही समूहको गालातसारी र कोपेनहेगनबिचको खेल भने गोलरहित बराबरीमा सकिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी चर्चित क्रिकेटरको खानपिन र व्यायामशैली
-
‘जुगजुग जियो’ अभिनेत्री प्रजक्ताले गरिन् नेपाली युवकसँग विवाह
-
लगातार दुई पटक उपाधि चुम्ने एकमात्र राष्ट्र
-
नेपालमै पढ्न चाहने केआईआईटीमा अध्ययनरत विद्यार्थीलाई आवेदन दिन आह्वान
-
ट्रम्पसँगको भेटलाई म्याक्रोँले भने ‘टर्निङ प्वाइन्ट’, युक्रेन मुद्दामा हात हाली
-
मे महिनामा मोदी रुस भ्रमणमा जान सक्ने