विराज भट्टले गरे फिल्म ‘१२ गाउँ’ निर्माण घोषणा
बिहीबार, १४ मङ्सिर २०८०, १० : ४७

काठमाडौँ । अभिनेता विराज भट्टले नयाँ फिल्म ‘१२ गाउँ’ निर्माण घोषणा गरेका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमा फिल्मको एक थिम पोस्टर सार्वजनिक गर्दै फिल्म घोषणा गरेका हुन् ।
पोस्टरको पृष्ठभूमिमा गाउँलाई चित्रित गरिएको छ । बिराज स्वयंको निर्देशन रहने फिल्म एक्सन–थ्रिलर कथामा बन्नेछ । बिराज भट्ट फिल्म प्रोडक्सनको ब्यानरमा फिल्म बन्न लागेको हो ।
विराजले यसअघि फिल्म ‘साङ्लो’ आफैँले निर्देशन गरेका थिए । फिल्ममा उनकै मुख्य भूमिका थियो । ‘साङ्लो’ ले घरेलु बक्स अफिसमा सन्तोषजनक व्यापार गर्न भने सकेन ।
फिल्म रिलिजकै समय ‘साङ्लो २’ निर्माण गर्ने भन्दै चर्चामा रहेका बिराज पछिल्लो समय भोजपुरी फिल्ममा व्यस्त छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकहरूको मागअनुरुप विद्यालय शिक्षा ऐन पारित गर्न कांग्रेसको माग
-
दुई जना किशोरी बलात्कृत
-
अध्यादेशमार्फत ऐन बनाउने सरकारले शिक्षकका मागलाई बेवास्ता गर्नु निन्दनीय : माओवादी केन्द्र
-
सञ्चालनमा आयो हेटौँडा सिमेन्ट उद्योग, मंगलबारबाट क्लिङ्कर उत्पादन थाल्ने
-
रवि लामिछाने भैरहवा कारागारको चार नम्बर ब्लकमा
-
निलमलाई कायम मुकायम गभर्नरको जिम्मेवारी