नेपाल सुपर लिग फुटबलमा आज धनगढी एफसी र बुटवल लुम्बिनीबिच प्रतिस्पर्धा
बिहीबार, १४ मङ्सिर २०८०, ०६ : ३१
काठमाडौँ । राजधानीमा जारी नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज धनगढी एफसी र बुटवल लुम्बिनी एफसीबिच प्रतिस्पर्धा हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने आजको खेलमा धनगढी लगातार दोस्रो जितको खोजीमा हुँदा बुटवल पहिलो तीन अंक जोड्ने लक्ष्यमा हुनेछ ।
यसअघि हिजो भएको अेलमा ललितपुर सिटी एफसी र पोखरा थन्डर्सबीचको खेल बराबरीमा टुङ्गिएको थियो । खेलमा दुवै टोलीले गोलरहित बराबरीमा खेलेका हुन् । खेलको निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसकेपछि दुवैले एक–एक अङ्क बाँडेका छन् ।
त्यस्तै दुवै टोलीले यसअघि भएको पहिलो खेलमा जित हात पारेका थिए । यस खेलसँगै दुवै टोलीको समान दुई खेलमा समान चार–चार अङ्क जोडेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी मुद्राको विनिमय दर : कुनको मूल्य कति ?
-
पीडित भन्छन : 'प्राथमिकताका आधारमा राहत वितरण गर्नुपर्छ'
-
जोखिमपूर्ण तरिकाले यात्रु बोक्ने सवारीलाई कारबाही
-
स्पेनिस लालिगा : लेगानेज र भ्यालेन्सियाले अंक बाँडे
-
तारा र समिट एयरलाई काठमाडौं–रामेछाप उडान गर्न अनुमति
-
बाँकेको गिजरा सामुदायिक वनबाट चितुवा नियन्त्रण