पर्यटन बोर्ड, एसटीएलआरपी र हानको सहकार्यमा झापामा आतिथ्यतासम्बन्धि तालिम

काठमाडौँ । जीविकोपार्जनका पुनः उत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) को आयोजना तथा होटेल सङ्घ नेपाल कोशी प्रदेशको सहकार्यमा झापामा साना तथा मझौला होटेल व्यवसायीका लागि तीन दिने होटेल व्यवसाय सम्बन्धी तालिम सम्पन्न भएको छ ।
पूर्व क्षेत्रका साना तथा मझौला होटेलका ३० जना होटेल व्यवसायीहरूको सहभागिता रहेको तालिममा वरिष्ठ प्रशिक्षक सूर्यकिरण श्रेष्ठले प्रशिक्षण दिएका थिए । तालिम समापनका अवसरमा बोल्दै होटेल सङ्घ नेपाल (हान) कोशी प्रदेशका अध्यक्ष राजन श्रेष्ठले तालिमले साना तथा मझौला होटेल व्यवसायीहरूको क्षमता अभिवृद्धि सहयोग पुग्ने बताए । होटेल व्यवसायमा आतिथ्यता महत्त्वपूर्ण विषय भएको बताउँदै तालिमपछि सञ्चालकहरूले आ–आफ्ना होटलहरुमा आतिथ्यता सेवालाई थप सुधार गर्ने अपेक्षा गरिएको बताए ।
नेपाल पर्यटन बोर्डका प्रबन्धक तथा एसटीएलआरपी परियोजनाका राष्ट्रिय कार्यक्रम संयोजक श्रद्धा श्रेष्ठले परियोजनाले पर्यटन क्षेत्रमा विभिन्न तालिम सञ्चालन गरिरहेको सन्दर्भमा यो तालीम आयोजना गरिएको बताउँदै यसले साना तथा मझौला होटेल व्यवसायीहरूको क्षमता अभिवृद्धि हुने अपेक्षा गरिएको बताइन् । उनले नेपालको समग्र पर्यटनलाई चलायमान बनाउन साना तथा मझौला होटेल व्यवसायीहरूको समेत ठुलो भूमिका रहेको बताउँदै यस क्षेत्रमा सहभागी जनशक्तिको क्षमता अभिवृद्धि गर्दै लैजानुपर्ने बताइन् ।
होटेल व्यवसायी सङ्घ झापाका अध्यक्ष इन्दिरा श्रेष्ठले यो तालिमबाट व्यवसायीहरूले धेरै कुरा सिकेको उल्लेख गर्दै तालिममा सिकेको कुरालाई व्यवहारमा उतार्न आग्रह गरिन् । पर्यटन परियोजना (एसटीएलआरपी) का जीविकोपार्जन विज्ञ धर्म दवाडीले परियोजनाले पर्यटन क्षेत्रको विभिन्न क्षेत्रमा जनशक्ति उत्पादन तथा भएका जनशक्तिको क्षमता अभिवृद्धिमा काम गरिरहेको सन्दर्भमा हानसँगको सहकार्यमा झापामा तालिम सञ्चालन गरिएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘संविधान संशोधनका एजेन्डा र सकस’
-
सागसब्जी बेचेर मासिक एक लाख आर्जन
-
अस्ट्रेलियाका म्याथ्यू वेड गुजरात टाइटन्सको सहायक प्रशिक्षक
-
संविधानलाई संशोधन गरेर सर्वमान्य बनाउनुपर्छ : सांसद यादव
-
प्रदेश सभातिर धाएर के सन्देश दिन खोज्दैछन् प्रधानमन्त्री ?
-
अन्तिम खेलमा बेंगलुरुसँग पराजित भएपछि मुम्बई एलिमिनेटर खेल्न बाध्य, दिल्ली सिधै फाइनलमा