पाटनमा प्यालेस्टाइनको पक्षमा ऐक्यबद्धता प्रदर्शन
_MzllQ5UBjk.jpg)
ललितपुर । प्यालेस्टाइनको पक्षमा अन्तर्राष्ट्रिय ऐक्यबद्धता दिवस पारेर ललितपुरको पाटन दरबार क्षेत्रमा प्रदर्शन गरिएको छ । संयुक्त राष्ट्रसङ्घले सन् १९७७ देखि नोभेम्बर २९ लाई इन्टरनेशनल डे अफ सोलिडारिटी विथ द प्यालिस्टिनियन पिपुल मनाउन सुरु गरेको थियो । यसकै निरन्तरता स्वरूप आज ‘द गाजा मोनोलग’ को आयोजना गरिएको हो ।
प्रदर्शनका सहभागीहरूले प्यालेस्टाइनी स्वतन्त्रता गीत बजाउनुका साथै समर्थनमा प्लेकार्ड डिस्प्ले गरेका थिए । उनीहरूले गाजा क्षेत्रमा रहेका मानिसहरूले भोगेको समस्या प्रस्तुत गरिएको थियो । गाजामा रहेका मानिसहरूले पठाएको र अनुवाद गरिएका ती भोगाइमा प्यालेस्टाइनका बासिन्दाले दैनिक रूपमा भोग्न परेको त्रासदी, अभाव, निरन्तर गोलाबारी, खानाको लागि सङ्घर्ष र अक्टुवर ७ देखि सुरु भएको कारबाहीका समयमा भएका घटनालाई प्रस्तुत गरिएको थियो ।
अक्टुवरदेखि सुरु भएको इजरायल–हमास द्वन्दका कारण हजारौँ मानिसको मृत्यु भइसकेको छ । केही दिनयता युद्दविराम भइरहेको भए पनि मानवीय सङ्कट चुलिँदै गएको र अन्तर्राष्ट्रिय समुदायले पहल र सहयोग नगरेको गुनासो गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेट अभावमा सडक निर्माण रोकियो
-
तराई–मधेसमा सतुवाइन पर्व मनाइँदै
-
नेपालको विकास र समृद्धिको आधार पर्यटन : परराष्ट्रमन्त्री
-
२०८१ सालमा लुम्बिनी प्रदेश : एमालेलाई लाभैलाभ, साना दललाई संकट
-
नागरिकको भरोसा बढाउने गरी काम गर्ने मुख्यमन्त्री कँडेलको प्रतिबद्धता
-
नर्भिक अस्पताल ३३ औँ वर्षमा प्रवेश, तीन दशकमा २५ लाखभन्दा बढीले लिए सेवा