दक्षिण कोरियामा विदेशी स्वामित्वका घर बढे

सोल । दक्षिण कोरियामा चिनियाँसँग घरको स्वामित्व बढेसँगै पहिलो छ महिनामा विदेशी घरको स्वामित्व बढेको सरकारी तथ्याङ्कले बुधबार देखाएको छ । भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयलका अनुसार जुनको अन्त्यमा विदेशी नागरिकसँग घरको सङ्ख्या ८७ हजार दुई सय २३ थियो ।
यो अघिल्लो छ महिनाको तुलनामा चार दशमलव चार प्रतिशतले बढी हो । साथै यो मुलुकभित्रका सबै घरको शून्य दशमलव ४६ प्रतिशत हो । कूल विदेशी घरको स्वामित्वमा सबैभन्दा ठूलो हिस्सा चिनियाँसँग ५४ दशमलव तीन प्रतिशत छ ।
त्यस्तै अमेरिकीसँग २३ दशमलव पाँच प्रतिशत छ । कूल विदेशी मालिकमा ९३ दशमलव चार प्रतिशतसँग एउटा मात्र घर छ भने पाँच दशमलव दुई प्रतिशतसँग दुईवटा घर छन् । जुनको अन्त्यमा विदेशीहरूसँग घरेलु भूमि २६ करोड ५४ लाख ७२ हजार वर्गमिटर भएको छ ।
यो अघिल्लो छ महिनाको तुलनामा शून्य दशमलव छ प्रतिशतले अधिक हो । यसले मुलुकको कूल भूमिको शून्य दशमलव २६ प्रतिशत हिस्सा ओगटेको छ । अमेरिकीसँग कूल विदेशी भूमि स्वामित्वमा सबैभन्दा ठूलो हिस्सा ५३ दशमलव चार प्रतिशत छ ।
त्यसपछि चिनियाँसँग सात दशमलव आठ प्रतिशत, युरोपेलीसँग सात दशमलव एक प्रतिशत र जापानीसँग छ दशमलव दुई प्रतिशत रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनआरएनए विवादसम्बन्धी तीन वटा रिट र निवेदन हेर्न नमिल्ने
-
काठमाडौं भ्यूटावर भत्काउनुपर्ने पक्षमा उपमेयर सुनिता डंगोल
-
आख्यानकार ध्रुवचन्द्र गौतमलाई ‘राष्ट्रिय लेखक पुरस्कार’ प्रदान
-
दिगो विकास लक्ष्य कार्यान्वयनका लागि असल अभ्याससँगै सुशासनमा ध्यान दिनुपर्नेमा जोड
-
बागमतीका मन्त्रीहरूको कार्य सम्पादन समीक्षा : अर्थ मन्त्रालय र कर्मचारीबाट सहयोग भएन
-
माल्टा पठाउँछु भनेर २४ लाख ठगी गरेको आरोपमा पक्राउ