किन गुगलले अघि सार्यो निष्क्रिय जिमेल खाता मेटाउने नीति ?
काठमाडौँ । डिसेम्बर १ तारिखदेखि गुगलले आफ्ना निष्क्रिय जिमेल खाताहरू मेटाउने तयारी गरेको छ । विगत दुई वर्षदेखि प्रयोगमा नआएको खाताहरू मेटाउने गुगलले तयारी गरेको हो ।
गुगलले उक्त खाता मेटाएसँगै त्यसमा जोडिएका इमेल, ड्राइभ फाइल्स, फोटो तथा कन्ट्याक्टस लगायत सबै डेटा मेटिन छ । विशेष गरेर साइबर आक्रमणको बढ्दो जोखिमका कारण देखिने गरेकाले निष्क्रिय खाताहरू मेटाउने निर्णय गुगलले गरेको हो । निष्क्रिय खाताका बारेमा एक नीति सार्वजनिक गर्दै गुगलले प्रयोगकर्ताहरूलाई स्क्याम, फिसिङ, फ्रड तथा खाताहरूलाई ह्याकिङ जस्ता घटनाहरूबाट जोगाउन यो प्रयास गरिएको बताइएको छ ।
सक्रिय खाताहरूको तुलनामा निष्क्रिय खाताहरूमा टु–फ्याक्टर अथेन्टिकेसन इनेबल्ड हुने सम्भावना दस गुणा कम हुने र सुरक्षा उपायहरूको अभावले पुराना खाताहरूलाई ह्याक गर्ने प्रयासहरूको लागि बढी संवेदनशील बनाउने देखिएकाले पनि उक्त खाताहरू मेटाउने गुगलले जनाएको छ ।
यसबाहेक, निष्क्रिय जिमेल खातामा लिङ्क गरिएका अन्य एक्सटर्नल सर्भिसेस पनि जोखिममा हुने गुगलले जनाइएको छ। गुगलले सन् २०२३ को डिसेम्बरदेखि बिस्तारै खाताहरू हटाउन सुरु गर्ने जनाएको छ । जसले गर्दा प्रयोगकर्ताहरूलाई आफ्ना महत्त्वपूर्ण खाताहरू सक्रिय बनाउने अवसर पनि प्रदान हुने छ । यद्यपि गुगलले कुनै पनि यूट्युवसँग कनेक्ट गरेर भिडियो सार्वजनिक गरेका खाताहरूलाई भने नमेटाइने जनाएको छ ।
यदि कोही कसैको गुगल खाता (जिमेल अकाउन्ट) महत्वपूर्ण छ र त्यसलाई बचाइ राख्न चाहनेहरूले भने प्रयोगकर्ताहरूले कम्तीमा दुई वर्षमा उक्त जिमेल खाता एक पटक साइन इन गर्ने वा अन्य थर्डपार्टी खाताहरूसँग कनेक्ट गरेपनि खातालाई जीवित राख्न सकिने गुगलले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठौँ वर्षमा कोशी प्रदेशसभा : मुख्यमन्त्री भन्छन्, ‘अब दुःखी आत्माजस्तो मगन्ते हुँदैनौँ’
-
गोर्खा सैनिक र उनीहरूको परिवारका लागि काम गर्ने राजदूत श्रीवास्तवको प्रतिबद्धता
-
यस वर्षका लागि गैँडा स्थानान्तरणको काम सकियो
-
च्याम्पियन्स ट्रफी : केही मिनेटमै सकियो भारत र पाकिस्तानबिचको खेलको टिकट
-
किन बढ्यो डलरको मूल्य, नेपालमा कस्तो असर ?
-
उपप्रधानमन्त्री सिंहको ६ महिने उपलब्धि : दमक भ्युटावर उद्घाटन, धरहरा सञ्चालन