आर्थिक चुनौतीलाई देखाउँदै आजियाटाले गर्यो नेपालबाट बाहिरिने घोषणा
![आर्थिक चुनौतीलाई देखाउँदै आजियाटाले गर्यो नेपालबाट बाहिरिने घोषणा](https://npcdn.ratopati.com/media/news/ncell_PoihU8WnNu.jpg)
काठमाडौँ । निजी दूरसञ्चार सेवा कम्पनी एनसेलको मातृ कम्पनी आजियाटाले नेपालबाट आफ्नो लगानी झिक्ने घोषणा गरेको छ । मलेसियन दूरसञ्चार कम्पनी आजियाटाले नेपालको पछिल्लो आर्थिक दृश्य थप चुनौतीपूर्ण देखिएको बताउँदै आफ्नो लगानी झिक्न लागेको जनाएको हो ।
बुधबार एक सार्वजनिक सूचना जारी गर्दै कम्पनीले आफ्नो स्वामित्वको सेयर बेचर छिट्टै नेपालबाट बाहिरिन चाहेको बताएको छ । यसका लागि नेपालस्थित नियामक निकायलाई समेत जानकारी गराइसकिएको एनसेलद्धारा जारी विज्ञप्तिमा बताइएको छ ।
नेपालबाट बाहिरिने निर्णयले आजियाटालाई थप मजबुत बनाउने र दीर्घकालीन रुपमा लगानीकर्तालाई फाइदा हुने विश्वास कम्पनीले व्यक्त गरेको छ ।
८ वर्ष अगाडी आजियाटाले टेलियासोनेराबाट एनसेलको स्वामित्व किनेको थियो । जसमध्ये ८० प्रतिशत सेयर स्वामित्व मलेसियन दूरसञ्चार कम्पनी आजियाटाको रहेको छ भने बाँकी २० प्रतिशत सेयर नेपालका विभिन्न कम्पनी तथा व्यक्तिको नाममा रहेको छ ।
सोही ८० प्रतिशत सेयर बेचर आजियाटा नेपालबाट बाहिरिन चाहेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डीपसिकलाई नकारेर एप्पलले गर्यो अलिबाबासँग सहकार्य
-
महाशिवरात्रिका लागि पशुपति क्षेत्रका मठमन्दिरको रङरोगन, तस्बिरमा हेर्नुहोस्
-
ट्रेन्डिङमा प्रदीप र दिव्याको डान्स ‘म त फ्यान भए यार’
-
ट्रम्पको अतिरिक्त करको मारमा कोका–कोला
-
दुबईमा आयोजित वर्ल्ड गभर्मेन्ट समिटमा मुख्यमन्त्री लामा
-
‘परालको आगो’को मुख्य भूमिकामा भित्रिए जितु