आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा राहुल द्रविडलाई निरन्तरता

बुधबार, १३ मङ्सिर २०८०, १४ : ३४
बुधबार, १३ मङ्सिर २०८०

काठमाडौँ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले भारतको सिनियर पुरुष क्रिकेट टिमको मुख्य प्रशिक्षकमा राहुल द्रविडलाई नै निरन्तरता दिने निर्णय गरेको छ । 
हालै सम्पन्न एक दिवसीय विश्वकप क्रिकेटसँगै द्रविड र अन्य सपोर्टिङ स्टाफको करार सकिएको थियो ।  

तर बीसीसीआईले मुख्य प्रशिक्षकमा द्रविडलाई नै निरन्तरता दिने निर्णय गरेको हो । द्रविडका अतिरिक्त ब्याटिङ प्रशिक्षक विक्रम राठौर, बलिङ प्रशिक्षक पारस म्हाम्ब्रे, फिल्डिङ प्रशिक्षक आर श्रीधरसहित सबै सपोर्ट स्टाफको कार्यकाल बढाउने निर्णय भएको बीसीसीआईले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप