रणवीरले अस्वीकार गरेपछि कबीर सिंह बनेका थिए शाहिद, चलचित्रले कमाएको थियो ३८० करोड
![रणवीरले अस्वीकार गरेपछि कबीर सिंह बनेका थिए शाहिद, चलचित्रले कमाएको थियो ३८० करोड](https://npcdn.ratopati.com/media/news/shahid_TDhXb1lMQO.png)
हैदराबाद । जब निर्देशक सन्दीप रेड्डी वांगाले चलचित्र कबीर सिंहमा शाहिद कपुरलाई कास्ट गर्ने मन बनाए, धेरैले उनको यो निर्णयमाथि प्रश्न उठाएका थिए । त्यतिबेलासम्म शाहिदको कुनै पनि चलचित्रले १ सय करोड कमाउन सकेको थिएन ।
शाहिद अघि यो रोलका लागि रणवीर सिंहसँग कुराकानी गरिएको थियो । तर, रणवीरले चलचित्रलाई ‘डार्क’ भन्दै काम गर्न अस्वीकार गरेका थिए । भारतीय सञ्चारमाध्यमसँगको कुराकानीमा सन्दीपले अर्जुन रेड्डी ब्लकबस्टर भएपछि उनले दोस्रो चलचित्र महेश बाबुसँग बनाउन चाहेका थिए । तर त्यति नै बेला महेश बाबुले अन्य चलचित्रका लागि साइन गरेका थिए ।
त्यसपछि उनले अर्जुन रेड्डीको हिन्दी रिमेक कबीर सिंह बनाउने निर्णय गरे । त्यतिबेला बलिउडबाट उनलाई थुप्रै अफरहरू आउन थालिसकेको थियो । तर, रिमेक बनाउन त्यति सजिलो भने थिएन । उनले भने, ‘मलाई रिमेक बनाउन मुम्बईबाट लगातार फोनहरू आइरहेका थिए । मैले सबैभन्दा पहिले यो चलचित्रको अफर रणवीर सिंहलाई दिएँ । म उनीसँग काम गर्न चाहन्थे । तर, उनले चलचित्रको ‘थीम डार्क’ भएको भन्दै काम गर्न अस्वीकार गरे ।’
रणवीरले अस्वीकार गरेपछि उनलाई यसको रिमेक कहिले पनि बन्दैन भन्ने लागेको थियो । त्यही भएर उनले आफ्नो ध्यान फेरि तेलुगु चलचित्रतिर लगाए । सन्दीपलाई डर थियो, ओरिजिनल चलचित्र हिट भएपछि रिमेक हिट हुँदैन र यो उनको लागि लज्जाको विषय हुनेछ ।
उनले भने, ‘निर्माता, डिस्ट्रब्युटर र निर्देशक सबैले अर्जुन रेड्डी हेरिसकेका थिए । रणवीरको स्थानमा शाहिदलाई भित्र्याउने कुराको उनीहरूले विरोध गरेका थिए ।’ तर सन् २०१९ मा रिलिज भएको कबीर सिंह बक्स अफिसमा हिट साबित भयो । ३६ करोड रुपैयाँ भारु खर्च भएको चलचित्रले विश्वभर ३ सय ८० करोड रुपैयाँ कमाएको थियो ।
उनको आगामी चलचित्र एनिमल डिसेम्बरमा रिलिज हुँदैछ । चलचित्रले पहिलो दिन हिन्दी संस्करणमा मात्र ५० करोड भारतीय रुपैयाँ आम्दानी गर्ने उनको भनाई छ । तीन दिनमा चलचित्रले ३ सय करोडको आँकडा छुने उनको जिकिर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डीपीआरको अनियमितताबारे छानबिन गर्न माग
-
युवा तथा खेलकुद मन्त्रीले सच्याए ‘श्री ५ को सरकार’ लेखिएको त्रुटि
-
सीटीईभीटीका बोर्ड सदस्यकै कलेजको कन्तबिजोक, विद्यार्थीको बिचल्ली
-
पाँच वर्ष एउटै विद्यालयमा बिताएका शिक्षकको सरुवा गरिने
-
कोशी प्रदेशसभा : विधेयक सर्वसम्मतले पारित
-
पूर्वीनाकाबाट साढे १४ अर्बको कृषिजन्य वस्तु निर्यात