राजधानीबाट नक्कली नोटसहित एक जना पक्राउ
बुधबार, १३ मङ्सिर २०८०, १३ : १५
![राजधानीबाट नक्कली नोटसहित एक जना पक्राउ](https://npcdn.ratopati.com/media/news/fake-note_vW8qW4Io2K.jpg)
काठमाडौं । राजधानीबाट नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-३१ शंखमुलबाट १ हजार दरको नोट ५ थान र ५ सय दरको नोट १ सहित धादिङ गजुरी गाउँपालिका-४ घर भई काठमाडौं शंखमुल बस्ने २३ वर्षीय सन्तोष चेपाङलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।
उक्त ठाउँस्थित खाजा घरमा नक्कली जस्तो देखिने नोट बोकेको मानिस रहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले चेपाङलाई तलासी गर्दा उनको साथबाट उक्त नोट फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२० लाख पर्यटक भित्र्याउने गरी पोखरा भ्रमण वर्ष घोषणाको तयारी
-
१२ बजे, १२ समाचार : रविको धरौटी तिर्ने बैंकले धोका खानेदेखि विपिन जोशीको रिहाइका लागि सभामुखको पहलसम्म
-
भारतमा पटाका कारखानामा विस्फोट हुँदा चार जनाको मृत्यु
-
साहित्य उत्सव : जनकपुरका विविध पक्षबारे मन्थन
-
तातोपानी गाउँपालिकाद्वारा १७ विधेयक पारित
-
धरानमा ‘प्रदेश प्रिमियर लिग’ फुटबल प्रतियोगिता हुने