रणवीरलाई साउदी अरबमा सम्मान गरिने
बुधबार, १३ मङ्सिर २०८०, १३ : १३

मुम्बई । बलिउड अभिनेता रणवीर सिंह साउदी अरबमा सम्मानित हुने भएका छन् । साउदी अरबमा ३० नेभेम्बरदेखि ९ डिसेम्बरसम्म आयोजना हुने ‘रेड सी इन्टरनेशनल फिल्म फेस्टिवल’ मा उनलाई सम्मान दिन लागिएको हो ।
फेस्टिबलमा स्वदेशी तथा विदेशी फिल्ममेकर तथा सेलिब्रेटीलाई सम्मान गरिनेछ । कार्यक्रममा रणवीरको अलवा जर्मन अभिनेत्री डायने क्रुगर र साउदी लेखक तथा अभिनेता अब्दुल्ला अल सधान पनि सहभागी हुनेछन् । दुबैलाई समेत सम्मान गरिनेछ ।
रणवीर पछिल्लो समय रोहिट शेट्टीको फिल्म ‘सिंघम अगेन’ को छायाङ्कनमा व्यस्त छन् । फिल्ममा दीपिका पादुकोणको पनि अभिनय रहनेछ । यसको अलवा फरहान अख्तरको फिल्म ‘डन ३’ मा पनि देखिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकारिता ऐनाजस्तै सत्यतथ्य देखाउने माध्यम हो : पूर्वराष्ट्रपति यादव
-
तीनकुने घटना : झण्डै ४७ करोड क्षति भएको प्रारम्भिक मूल्याङ्कन
-
पोखरामा खानेपानी अभाव, पानी माग्दै होटल सङ्घ पुग्यो संस्थान
-
शिक्षकका मुद्दा किनारा लगाउँछु भन्ने शिक्षामन्त्रीले एक्कासि किन दिइन् राजीनामा ?
-
‘रैथाने गाईको पञ्चगव्यमा आधारित उत्पादन’
-
इच्छाशक्ति भएमा अत्यावश्यक सामग्रीको आयात नियन्त्रण गर्न सकिन्छ : मन्त्री भण्डारी