एम्बाप्पेको विवादित पेनाल्टीले जोगियो पीएसजी, डर्टमण्ड शीर्ष स्थानमा

पेरिस । खेलको अन्तिम समयमा किलियान एम्बाप्पेले विवादित पेनाल्टीबाट गोल गरेपछि पेरिस सेन्ट जर्मेन आफ्नो घरेलु मैदानमा हारबाट जोगिएको छ ।
च्याम्पियन्स लिग अन्तरगत मंगलबार राति भएको खेलमा पीएसजीले न्युक्यासलसँग १–१ को बराबरी खेलेको हो ।
रेफ्रीले भिडियो एसिस्टेन्ट रेफ्रीको मद्दतले टिनो लिभ्रामेन्टोले ह्यान्डबल गरेको भन्दै पीएसजीलाई पेनाल्टी दिएका थिए । एम्बाप्पेले ९८ औँ मिनेटमा गोल गर्दै न्युक्यासललाई स्तब्ध बनाए ।
खेलको २४ औँ मिनेटमा अलेक्सान्डर इसाकले गोल गर्दै इङ्लिस टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि टोलीले पीएसजीलाई लामो समयसम्म रोक्न सफल भएको थियो । तर, अन्तिमता टोली बराबरीमा चित्त बुझाउन बाध्य बन्यो ।
ग्रुप अफ डेथ मानिएको समूह एफको अन्य खेलमा जर्मन क्लब बोरुसिया डर्टमण्डले इटालियन क्लब एसी मिलानलाई ३–१ गोलले हरायो । जीतपछि डर्टमण्ड समूहको शीर्ष स्थानमा उक्लिएको छ । ५ खेलपछि डर्टमण्डको १० अङ्क रहेको छ । ७ अङ्क बटुलेको पीएसजी समूहको दोस्रो स्थानमा छ । न्युक्यासल र मिलानको समान ५–५ अङ्क छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिनाधितोको ऋणमा विश्वासघातः नबिल बैंकद्वारा ऋण नतिर्ने ७४ जनाको नाम सार्वजनिक (सूचीसहित)
-
जहाँ रातभर उभिएर बत्ती बालिन्छ, यस्तो छ धार्मिक विश्वास
-
बाटो खन्ने क्रममा ढुङ्गा खसेर स्काभेटर चालकको मृत्यु
-
सुजाता नेतृत्वको कांग्रेस प्रतिनिधिमण्डलद्वारा चिनियाँ नेताहरूसँग छलफल
-
एनआरएनए उच्चस्तरीय समितिको बैठक आह्वान
-
अमेरिकामा ट्रम्पसँग कुन प्रश्नको स्पष्ट उत्तर चाहन्छन् जेलेन्स्की ?