शनिबार, १५ मङ्सिर २०८१
ताजा लोकप्रिय

रास्वपाको संयुक्त बैठक आज पनि बस्दै

बुधबार, १३ मङ्सिर २०८०, ०८ : २६
बुधबार, १३ मङ्सिर २०८०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आज पनि बस्दै छ । मधेस प्रदेशको महोत्तरीस्थित जलेश्वरमा मंगलबारदेखि जारी संयुक्त बैठक आज तेस्रो दिन पनि बस्न लागेको हो । 

बुधबार बिहान १० बजे जलेश्वरको अग्रवाल पार्टी प्यालेसमा सुरू हुने बैठकमा महाधिवेशनको कार्यविधि र प्रक्रियाबारे छलफल हुने कार्यसूची तय गरिएको रास्वपा उपसभापति डीपी अर्याले बताए । बैठकमा पार्टी नीति, विचारबारे विमर्श हुने उनको भनाइ छ ।

मंगलबारको बैठकमा पार्टीको लेखा आयोगका प्रमुख अभिषेक घिमिरेले आर्थिक प्रतिवेदन, पार्टीको प्रशिक्षण विभाग प्रमुख अनिलकेशरी शाहले प्रशिक्षण सम्बन्धी प्रतिवेदन । सहमहामन्त्री तथा संगठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटीले बैठकमा पार्टीको सांगठनिक प्रतिवेदन पेस गरेका थिए ।

बैठकमा प्रस्तुत प्रतिवेदनमाथि लिखित र मौखिक सुझावहरु आएको उपसभापति अर्यालले जानकारी दिए । मंगलबारको बैठकमा महाधिवेशनको एजेण्डा पनि प्रवेश भएको अर्यालले बताए । मंगलबार संयुक्त बैठकअघि बसेको संसदीय दलको बैठकमा प्रमुख सचेतक सन्तोष परियारले संसदीय  दलकोतर्फबाट प्रतिवेदन पेस गरेका थिए ।

यसअघि सोमबारको बैठकमा केन्द्रीय अनुशासन आयोग र प्रदेशहरूबाट साङ्गठनिक एवं राजनीतिक प्रतिवेदन प्रस्तुत भएको छ । पहिलो दिन रास्वपाका सांसदहरुले रिपोर्ट पनि प्रस्तुत गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप