२० दिनमै तौल बढाउन चाहनु हुन्छ, खानुस् यी खानेकुरा
काठमाडौँ । कम तौल भएकाहरूलाई सबैभन्दा ठुलो चिन्ता कसैले मुखै अगाडि ‘घरकाले त खान नि दिँदैनन् कि क्या हो ?’ भन्लान् भन्ने हुन्छ । दुब्लो, पातलो भएकै कारण साथी अनि आफन्तको हँसिमजाकको पात्र बारम्बार बनिरहनु पर्छ । हामीले प्रायः तौल कसरी कम गर्ने, के गरेर मोटोपना घटाउन सकिएला भन्ने मात्रै कुरा गरिरहेको सुन्छौँ ।
तर दुब्ला पातलाहरूले भोग्ने समस्यालाई धेरैले बेवास्ता गर्ने गरेको पाइन्छ । उचाइ अनुसार तपाईँको तौल कम छ भने यसलाई मेडिकलको भाषामा अन्डरवेट भनिन्छ । उचाइअनुसार तौल कायम गर्न जरुरी छ । वजन बढाउनलाई दिनभरको क्यालोरी इन्टेक बढाउनु पर्छ । यही क्यालोरी शरीरमा बोसो र मांसपेशीको रूपमा रहन्छ । अनि तौल बढ्छ । तर क्यालोरीको सेवन बढाउने भन्दै जथाभाबी अस्वस्थकर खानेकुराबाट भने क्यालोरी लिनु हुन्न । आजको यस लेखमा हामीहरूले २० देखि ३० दिनमै अरूले झट्ट हेर्दा नै फरक देखिने गरी तौल बढाउन सघाउने केही खानेकुराबारे कुराकानी गर्नेछौँ ।
एभोकाडो
एभोकाडो क्रिमी फल हो । खासै स्वाद नभएको यो फल धेरैलाई मन नपर्न पनि सक्छ । तर यसमा स्वस्थबद्र्धक फ्याट, फाइबर र अत्यावश्यक पोषक तत्त्व पर्याप्त मात्रामा पाइन्छ । यसलाई टोष्टसँग पनि खान सकिन्छ । सलादमा पनि यसको प्रयोग गर्न सकिन्छ ।
ओखर, बदाम
ओखरमा स्वस्थबद्र्धक फ्याटको साथसाथै ओमेगा ३ फ्याटी एसिड पनि पाइन्छ । जसले तौल बढाउन मद्दत गर्छ । बदाम खाँदा शरीरले पर्याप्त मात्रामा प्रोटिन र फाइबर पाउँछ ।
दूधजन्य वस्तु
दूध दहीको सेवन तौल बढाउन सहयोगी हुन्छन् । फुल क्रिम भएको दूध अनि दही खाँदा शरीरले पर्याप्त मात्रामा प्रोटिन र क्याल्सियम पाउँछ ।
पिनट बटर
पिनट बटरमा हेल्दी फ्याट र प्रोटिन पर्याप्त मात्रामा हुन्छ । यो तौल बढाउने राम्रो स्रोत हो । आल्मन्ड बटरमा पनि हेल्दी फ्याट, प्रोटिनको साथसाथै मोनोस्याचुरेटेड फ्याट र भिटामिन ई हुन्छ । स्वस्थबद्र्धक तरिकाले तौल बढाउन यो राम्रो विकल्प हो ।
कार्ब्स
वजन बढाउन कार्ब्स अर्थात् कार्बोहाइड्रेट्सको सेवन बढाउनु लाभकारी हुन सक्छ । त्यसैले आफ्नो भोजनमा सख्खर खण्ड र ब्राउन राइस समावेश गर्नुस् । सख्खरखन्डमा कार्बोहाइड्रेट्सको साथमा फाइबर, भिटामिन र मिनरल्स पर्याप्त मात्रामा पाइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुग्लिङ-नारायणगढ सडकको पाँचकिलो नजिकै माईक्रो बस दुर्घटना
-
१२ बजे, १२ समाचार : डेंगु सङ्क्रमणदर घटे पनि जोखिम कायमैदेखि विवाह गर्ने उमेर घटाउनु पर्ने मागसम्म
-
महाराष्ट्र र झारखण्ड विधानसभा चुनावमा विकास र सुशासनको ‘ऐतिहासिक जित’ : मोदी
-
निजी मेडिकलले विद्यार्थीलाई सरकारी सरह तलब भत्ता उपलब्ध गराउन नसक्ने
-
सडकमा शव राखेर विरोध प्रदर्शन, सहमतिपश्चात् खुल्यो यातायात
-
आफ्नै गाउँ (लघुकथा)